संगालोखबर सम्वाददाता

पाँचथर । जंगली च्याउ खाँदा पाँचथरमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा फाल्गुनन्द गाउँपालिका–५ की ४८ बर्षीया सुनिता चेम्जोङ छन् ।

Advertisement

साउन ७ गते चेम्जोङ र उनकी सासु सन्तमायाले जंगलबाट ल्याएको च्याउ खाएका थिए । च्याउ खाएपछि दुवै जना बिरामी भए । बिरामी भएपछि उपचारका लागि बिराट नर्सिङहोम ल्याईएकी सुनिताको आज बिहान करिव ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

यता सासु सन्तमायाको मोहनमोहन अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ । केहि दिन अघि धनकुटाको चौबिसे गाउँपालिकामा पनि जंगली च्याउ खाँदा तीन जना बिरामी भएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!