कपिलबस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका समाजवादी पार्टी अध्यक्ष रामनयन यादवमाथि गोली प्रहार भएको छ । समाजवादी पार्टीका शुद्धोधन गाउँपालिका अध्यक्ष यादवमाथि आज दिउँसो अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

गोली लागेर घाइते भएका यादवको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार शुद्धोधन गाउँपालिका–५ हथिहवा निवासी यादवको कुममा गोली लागेको छ ।

मोटरसाइकलमा आएका दुईजनाले यादवमाथि गोली प्रहार गरेको बताईएको छ । उनीहरुको पहिचान हुँन वाँकी छ । गोली प्रहार गर्नेको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!