संगालोखबर सम्वाददाता

धरान । धरान उपमहानगरपालिका–१० लोकपथका सन्देश शाक्य बेपत्ता भएका छन् । साउन ८ गतेदेखि घरबाट सम्पर्कबिहिन भएका २८ बर्षीय शाक्य १० दिन बितिसक्दासम्म पनि सम्पर्कमा छैनन् ।

Advertisement

बेपत्ता शाक्यको खोजिका लागि परिवारका सदस्यले ईलाका प्रहरी कार्यालय धरानमा निवेदन दिएका छन् ।

उनको खोजी भईरहेको भएपनि अझै फेला नपरेको ईप्रका धरानका डिएस्पी ढुंडिराज न्यौपानेले बताए । ‘खोज्ने क्रममा भोजपुरको कट्टी डाँडामा सन्देशको मोवाईल ‘लोकेसन’ देखियो । त्यसपछि आसपास क्षेत्रका प्रहरीसँग समन्वय गरेर खोज्यौ । तर, अहिले मोवाईल अफ रहेकाले खोज्न गाह्रो भई अझै फेला पार्न सकिएको छैन ।’ डिएस्पी न्यौपानेले भने ।

परिवार र आफन्तहरुले पनि उनको खोजी जारी राखेका छन् । तर, अझैपनि कुनै अत्तोपत्तो नलागेको बेपत्ता सन्देशकी बहिनी रुबिनाले बताईन् । ‘धेरैतिर खोजि गरिसक्यौ । दाजुको केहि पत्तो लागेको छैन ।’ संगालोखबरसँग उनले भनिन् ‘कसैले देख्नु वा भेट्नु भयो भने सम्पर्क गरेर सहयोग गरिदिनुहोला ।’

सन्देश परिवारका एक्लो छोरा हुन् । बावुको निधनपछि आमा र दुई बहिनी छन् । बेपत्ता सन्देशको अझैसम्म पनि केहि पत्तो नलागेपछि आफुहरु अन्यौलमा परेको बहिनी रुबिनाले दुखेसो सुनाईन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!