मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिका-५ जनता गृल उद्योगका कामदार भोजपुर देउरालीका २० बर्षीय प्रकाश कार्कीको करेन्ट लागेर मृत्यु भएको छ ।

Advertisement

मंगलवार अपरान्ह साढे ५ बजेको समयमा गृल उद्योग नजिकै रहेको लक्ष्मी सरस्वती खाजा घरको होडिङ्बोर्ड बिग्री मर्मतको लागी गएकोमा मर्मत गर्ने क्रममा करेन्ट लागी घाइते भई उपचारको लागि बिराटनर्सीङ अस्पताल बिराटनगर पठाईएकोमा उपचारकै क्रममा बेलुका ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यसैगरी सुनसरीको ईनरुवा नगरपालिका-८ का १९ बर्षीय अजय मेहेताको पनी करेन्ट लागेर मृत्यु भएको छ । मंगलवार साँझ साँढे ७ बजे आफ्नै घरमा बिजुलीको स्वीच थिच्ने क्रममा करेन्ट लागेर घाईते भएका मेहेताको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा बेलुका ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!