संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटामा सशस्त्र प्रहरी प्रमुख परिवर्तन भएका छन् । सशस्त्र प्रहरी बल छिन्ताङ्ग गुल्मका प्रमुख डिएसपी बालकृष्ण श्रेष्ठको सरुवा भएर नयाँ डिएसपी सचिन कर्माचार्य आएका हुन् ।

Advertisement

धनकुटाबाट सुनसरी सरुवा भएका डिएसपी श्रेष्ठलाई बिभिन्न संघसस्थाले सम्मानसहित बिदाई गरेका छन् । धनकुटा आएका नयाँ डिएसपी कर्माचार्यलाई स्वागत गरिएको छ । यता, नेपाल प्रहरी तर्फ केहि दिन अघि जिल्ला प्रहरी प्रमुखको रुपमा सरुवा भएर आएका एसपी सुर्दशन प्रसाद कोईरालालाई पनि स्वागत गरिएको छ ।

कर्मचारी मिलन केन्द्रले सरुवा भएका प्रमुखलाई बिदाई र नयाँ आएकालाई स्वागत गरेको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीले सरुवा भएर जाँन लागेका डिएस्पी श्रेष्ठलाई प्रमाणपत्र तथा उपहार प्रदान गर्दै बिदाई गरे । त्यस्तै प्रहरी प्रमुख एसपी कोईराला र शसस्त्र प्रहरी प्रमुख डिएसपी कर्माचार्यलाई स्वागत गरियो ।

त्यस्तैगरी संविधान सभाका सदस्य तथा नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति मनोहर नारायण श्रेष्ठले पनि एक कार्यक्रमकावीच दुवै सुरक्षा निकायका प्रमुखहरुलाई स्वागत र बिदाई गरेको कांग्रेस सचिव बिजयसन्तोषी राईले जानकारी दिए ।

शान्ति सुरक्षा कायम गर्न र विपद व्यवस्थापनमा योगदान पुर्याएको भन्दै सशस्त्रका डिएसपी श्रेष्ठलाई यसअघि महिला पुर्नस्थापना केन्द्र, लेडी जेसिज, धनकुटा मिसन मुस्कान पर्यटन प्रवद्धन केन्द्र, धनकुटा पर्यटन विकास समिति, नमस्ते नेपाल, धनकुटा यूवा समुह, घरेलु तथा साना उद्योग महासंघ लगायत सस्थाले पनि सम्मानसहित बिदाई गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!