संगालोखबर सम्वाददाता

जनकपुरधाम । जनकपुरमा अनौठो बच्चाको जन्म भएको छ । जनकपुरधामको रामानन्द चौक स्थित मिहिलाल इन्टरनेशनल अस्पतालमा दुई टाउको भएको बच्चा जन्मिएको हो ।

Advertisement

अस्पतालका प्रमुख रामबाबु यादवका अनुसार सिरहाको कर्जनाहा नगरपालिकाको बल्टियाकी २५ वर्षीया सविता वैद्यले एउटा जिउमा दुई टाउको, चार आँखा र चार कान भएको बच्चालाई बिहिबार जन्म दिएकी हुन् ।

डा. रुवी सिंह नेतृत्वको चिकित्सक टोलीले शल्यक्रियाको माध्यमबाट बच्चा निकालेको हो ।

तर, जन्मिएको करिव एक घण्टापछि नवजात शिशुको मृत्यु भएको अस्पताल प्रमुख यादवले बताए । यता आमाको स्वास्थ्य अवस्था भने सामान्य छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!