- संगालोखबर सम्वाददाता
फाईल तस्विर

मोरङ । मोवाईल चार्ज गर्दै गेम खेल्दा गएराती मोरङको लेटाङमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा लेटाङ नगरपालिका–३ त्रिसुली चोकका पदमबहादुर राईका १५ बर्षीय छोरा सौजन राई छन् ।

साथी सुरज राईको घरमा सुत्न गएका बेला राती करिव १ बजे गेम खेल्दै गर्दा सौजनलाई करेन्ट लागेको बताईएको छ । मोवाईल चार्ज गर्दै गेम खेल्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Advertisement

घटनाको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय लेटाङबाट प्रहरी टोली घटनास्थल गएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!