फाईल तस्वीर

भोजपुर । भोजपुरको आमचोक गाउँपालिका –२ यूँमा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ ।

मंगलबार बेलुका आमचोक थामडाँडास्थित पोखरीमा पौडी खेल्ने क्रममा आमचोक–१ वासिङ्गथर्पूका २५ वर्षीय निमा शेर्पा र सोही ठाउँका २० वर्र्षीय गेल्बु शेर्पाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

Advertisement

घरबाट मंगलबार दिउँसो घुम्न हिंडेका दुबैजना पानी जम्मा गरि राखेको पोखरीमा साँझ भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

मृतक दुबै जनाको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल भोजपुर ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डव राजवंशीले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!