बारा । जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी टोलीले नक्कली लाइसेन्स बनाउने एक युवालाई पक्राउ गरेको छ । प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ बस्ने दिपक अर्याललाई पक्राउ गरेको हो ।

Advertisement

अर्यालले १२ जनाभन्दा बढिलाई ५० हजार रकम लिएर नक्कली लाइसेन्स बनाउने गरेको खुलेपछि प्रहरीले उनलाई जितपुर बजारबाट पक्राउ गरेको हो ।

उनीसँगै प्रहरीले ५ थान नक्कली सवारी चालक अनुमतिपत्र र चालक अनुमतिपत्र लिन बुझाएको रसिद बरामद गरेको छ ।

अर्यालले हलुका सवारीचालक अनुमति पत्रका लागि १० हजार र हेभी सवारी चालक अनुमतिपत्रका लागि ५० हजार रुपैयाँ लिने गरेको वारा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रंजितसिंह राठौरले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!