- गोमा ढुंगाना/संगालोखबर

बिराटनगर । नोबेल शिक्षण अस्पतालले पेनक्रियाज ग्रन्थीमा भएको क्यान्सरको अप्रेशन सफलतापूर्वक गरेको छ । झापाको बिर्तामोड नगरपालिका–३ आदर्शनगरकी ६९ बर्षीया सरस्वता ढकालको पेनक्रियाज ग्रन्थी क्यान्सरको अप्रेशन सफलतापूर्वक गरिएको हो ।

Advertisement

आन्द्राको ठुलो भाग, पेनक्रियाज ग्रन्थी र पित्तको नली काटेर जोड्नुपर्ने हुँनाले यो अप्रेशन जटिल हुँने गरेको नोबेल अस्पतालका डा.रोहित प्रसाद यादवले बताए ।

डा.यादवका अनुसार पेनक्रियाज ग्रान्थी काट्ने क्रममा सँगै रहेका धमनीमा चोट लाग्ने संभावना धेरै हुन्छ । चोट लागेमा बिरामीको ज्यान नै जान सक्छ । काटेर नयाँ तरिकाले जोड्नुपर्ने हुँनाले राम्रोसँग नजोडिने र नजोडिदा बिरामीको ज्यान बचाउँन गाह्रो पर्ने डा.यादब बताउँछन् । नोबेलमा डा.यादव नेतृत्वको चिकित्सकहरुको टोलीले बृद्धा ढकालको जटिल अप्रेशन सफलतापूर्वक गरेको हो ।

अप्रेशन सफल भएपछि अहिले बिरामीको स्वास्थ्यमा सुधार आएको छ । ‘बिरामको पीडाका कारण अव बाच्दिन जस्तो लागेको थियो । अप्रेशन गरेपछि अहिले ठिक छु । अव केहि बर्ष बाच्छु जस्तो लागेको छ ।’ बिरामी ढकालले भनिन् । जटिल अप्रेशन सफलतापूर्वक गरेर स्वास्थ्यमा सुधार आएपछि बिरामीका आफन्त पनि हर्षित छन् ।

स्वास्थ्यमा सुधार भएपछि बिरामी ढकाल अस्पतालबाट घर फर्किएकी छन् । अत्याधुनिक उपकरण र दक्ष चिकित्सकको व्यवस्थापनका कारण नोबेलमा जटिल तथा दुर्लभ अप्रेशन पनि सफलतापूर्वक गरिदै आएको छ ।

भिडियो…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!