- संगालोखबर सम्बाददाता

धनकुटा । बर्षाका कारण कोशी राजमार्गको धरान–धनकुटा सडक खण्डका बिभिन्न ठाउँमा पहिरो खसेको छ । पहिरोका कारण सडक अवरुद्ध हुँने र खुलाउँने क्रम चलिरहेको छ ।

Advertisement

गएराती परेको बर्षाका कारण राजमार्गका ४ ठाउँमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

साँगुरीगढी–७ स्थित गर्जुवा, लाबरबोटे, सिस्ने र धनकुटाको जिरोपईन्टमा पहिरो खसेको धनकुटाका प्रहरी प्रमुख सुर्दशन कोईरालाले जानकारी दिए ।

गर्जुवा खोलामा आएको बाढीले सडक पुर्दा गएरातीदेखि अवरुद्ध भएको राजमार्ग बिहान खुलाईएको छ । पटक–पटक सडक अवरुद्ध भईरहेकाले सडक खुलाउँन सोहि स्थानमा स्काभेटर राखिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!