संगालोखबर सम्वाददाता

सुनसरी । सुनसरीको इटहरीमा गएराती करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । घरमा बल्ब राख्ने क्रममा करेन्ट लाग्दा इटहरी उपमहानगरपालिका–६ अनामनगरका ५६ बर्षीय गोपाल न्यौपानेको मृत्यु भएको हो ।

Advertisement

साँझ करिव ७ बजे करेन्ट लागेर घाईते भएका न्यौपानेलाई उपचारका लागि बिराटनगर स्थित न्युरो अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा राती करिव साँढे ८ बजे उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!