
ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–३ मा बुधबारसाँझ ट्याक्टरले किच्दा सोही ट्याक्टरका सह–चालकको मृत्यु भएको छ ।
ताप्लेजुङको साँघु बजारबाट तालखर्क जाँदै गरेको को.३ त.९३ नम्बरको ट्याक्टर साँझ साँढे ५ बजे बाटोबाट चिल्लेर दुर्घटना हुँदा किचिएर ट्याक्टरका सह–चालक मैवाखोला गाउँपालिका–१ का १८ बर्षीय खगेन्द्र नेपालीको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा परी ट्याक्टर चालक मेरिङदेन–४ का २१ बर्षीय पासाङ तेन्जी शेर्पा घाईते भएका छन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।















