संगालोखबर सम्वाददाता

झापा । झापाको बिर्तामोड नगरपालिका–४ मन्दा बस्तिमा जुवा खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधवार साँझ साँढे ६ बजे स्थानीय कोपिला लिम्बु तामाङको घरमा जुवा खेलिरहेको अवस्थामा छापा मारेर घरधनीसहितलाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

पक्राउ पर्नेमा घरधनी २६ बर्षीया तामाङ, हल्दिवारी–४ का ५२ बर्षीय प्रलाद चुँडाल, बिशुलाल मेचे, हल्दिवारी–५ का ३५ बर्षीय डम्बरबहादुर मगर, मेचिनगर नगरपालिका–१३ का ५३ बर्षीय दिपेश क्षेत्री र ४६ बर्षीय भुपु राई छन् ।

जुवाको खालबाट प्रहरीले १६ थान कौडा, नेपाली रुपैया ९८ हजार र भारतीय रुपैयाँ १ हजार बरामद गरेको छ । त्यस्तै मोवायल ६ थान, ९ वटा मोटरसाईकल र एउटा कारसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!