
धनकुटा । चीनबाट सुरु भएर विश्वभर फैलिरहेको कोरोना भइरसको संक्रमणबाट जोगिनका लागि जिल्ला प्रशासन कार्यालय धनकुटाले जमघट हुँने काम नगर्न जिल्लाबासीलाई अपिल गरेको छ ।
प्रमुख जिल्ला अधिकारी डा.कृष्णबहादुर घिमिरेले बिहिबार सूचना जारी गर्दै सार्वजनिक भेला, छलफल, अन्तरक्रिया, सभा सम्मेलन, बैठक, प्रदर्शन, मेला, जात्रा, महोत्सव जस्ता ठाउँमा सहभागि नहुन अपिल गरेका हुन् ।

भिडभाड हुने ठाउँदेखि अलग्गै बसी सम्भावित संक्रमण तथा जोखिमबाट बच्न/बचाउँन आवश्यक सतर्कता अपनाउँन जिल्लाबासीलाई अपिल गरिएको हो ।
कोरोना भाइरस सम्बन्धि जनचेतना अभिबृद्धि गर्ने, सुरक्षा सतर्कता अपनाउने, व्यक्तिगत सरसफाईमा ध्यान दिने जस्ता सावधानीका उपाय सिकेर अरुलाई पनि सिकाउन धनकुटाबासीलाई प्रशासनले अपिल गरेको छ ।















