संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–६ डढुवामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बत्ति बनाउँन पोलमा चढ्दा करेन्ट लागेर डढुवाका २६ बर्षीय पबन राईको मृत्यु भएको हो ।

गएराती करिव १० बजे राईको घरमा करेन्ट नआएपछि पोलमा चढेर बत्ति बनाउँने क्रममा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । करेन्ट लागेर गंभीर घाईते भएका राईलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याईएको थियो ।

Advertisement

उपचारकै क्रममा राती करिव ११ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!