- गोमा ढुंगाना/संगालोखबर

बिराटनगर । एक अर्वको आर्थिक कारोवार गर्दै बिराट एक्स्पो सम्पन्न भएको छ । ९ दिनसम्म सञ्चालित प्रदर्शनीलाई करिव ३ लाख ५० हजारले अवलोकन गरेको आयोजक उद्योग संगठन मोरङले जनाएको छ ।

Advertisement

एक्स्पो समापनका अवसरमा आयोजित कार्यक्रमलाई संबोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सर्वसाधरणको उल्लेख्य उपस्थितीले एक्स्पोको सफलता पुष्टि गरेको धारणा राखे । उनले आगामी बर्ष एक्स्पो सञ्चालनका लागि प्रदर्शनी स्थल निर्माणमा सहयोग गर्न सरकार तयार रहेको आश्वासन पनि दिए ।

सो अवसरमा बोल्दै बिराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले बिराट एक्स्पो मुलुककै उत्कृष्ट भएको दावी गरेका छन् । कार्यक्रममा उद्योग संगठनका अध्यक्ष भीम घिमिरे र बिराट व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले बिराटनगरमा प्रदर्शनी स्थल नहुँदा समस्या बेहोर्नु परेको गुनासो गर्दै प्र्रदर्शनी स्थल निर्माणका लागि सरकारसमक्ष माग गरे ।

एक्स्पोका संयोजक भोलेश्वर दुलालले अपेक्षा गरे बमोजिमनै प्रदर्शनीमा सर्वसाधरणको उल्लेख्य उपस्थिती र कारोवार हुँदा उत्साहित भएको बताए । एक्स्पो सफल बनाउँन सहयोग पुर्याउँने बिभिन्न संघसस्था र व्यक्तिलाई कार्यक्रममा सम्मान गरिएको छ ।

नोबेल शिक्षण अस्पतालले मुख्य प्रायोजन गरेको प्रदर्शनीमा ४० विदेशीसहित ३ सय ४० स्टल राखिएको थियो ।

हेर्नुहोस् भिडियो रिपोर्ट…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!