- सन्तोष रुचाल / संगालोखबर

धनकुटा । चौबिसे गाउँपालिका वडा नं.७ मौनाबुधुकले प्रथम चौबिसे रनिङ कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा वडा नं. ६ राजारानीलाई ०–१ गोल अन्तरले पराजित गर्दै मौनाबुधुकले उपाधिमाथि कब्जा जमाएको हो ।

Advertisement

निक्कै प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा मौनाबुधुकका १२ नम्बर जर्सीका खेलाडी युगेन लिम्बूले गरेको एकमात्र गोल नै उपाधिका लागि निर्णायक बन्यो । उपाधिसँगै मौनाबुधुकले नगद ५० हजार, शिल्ड, ट्रफी र प्रमाण–पत्र पाएको छ भने उपविजेता राजारानीले नगद ३० हजार, शिल्ड, ट्रफी र प्रमाण–पत्रमा चित्त बुझाएको छ ।

त्यस्तै वडा नं. ८ बसन्तटारलाई ट्राइबेकरमा २–४ गोल अन्तरले पराजित गर्दै तेस्रो स्थान सुरक्षित गरेको वडा नं. ३ कुरुलेतेनुपाले नगद १५ हजार, शिल्ड, ट्रफी र प्रमाण–पत्र पाएको छ । विजेताहरुलाई प्रदेश नम्बर १ का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले पुरस्कार वितरण गरेकी थिईन् । सो अवसरमा बोल्दै मन्त्री गजमेरले यस्ता खेलकुद प्रतियोगिताले गाउँका कुना–कुनामा रहेका प्रतिभाहरुलाई बाहिर ल्याउन सहयोग पुग्ने बताईन् ।

विभिन्न ठाउँमा मेयर कप, अध्यक्ष कप जस्ता नाम दिएर प्रतियोगिता गर्ने चलन रहेपनि सबैको अपनत्व हुने गरी गाउँपालिकाको नाममा प्रतियोगिता गरिएको गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले बताए । यस वर्ष पुरस्कार राशी थोरै भएपनि आगामी बर्षमा बृद्धि गरिने गाउँपालिकाका उपाध्यक्ष एवम् खेलकुद विकास समिति अध्यक्ष यज्ञकुमारी रुचालले जानकारी दिईन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!