- संगालोखबर सम्वाददाता


सुनसरी । मनाङ मर्स्याङ्दी क्लबले धरानमा सञ्चालित २२ औं बुढासुब्बा गोल्डकप फुटबलको उपाधि जितेको छ ।

धरान रंगशालामा आज भएको फाईनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १–३ गोल अन्तरले पराजित गर्दै मनाङले उपाधिमाथि कब्जा जमाएको हो ।

Advertisement

मनाङलाई उपाधि दिलाउँन दयानन्द सिंह, विशाल लिम्बू र विमल रानाले समान एक–एक गोल गरे । पुलिसका लागि कप्तान भोला सिलवालले गोल गरेका थिए ।

उपाधिसँगै मनाङले मनाङले नगद १० लाख पाएको छ भने उपविजेता पुलिसले नगद ५ लाखमा चित्त बुझाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!