संगालोखबर सम्वाददाता

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ गोगनेमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट सात सय भन्दा बढी बिरामी लाभान्वित भएका छन् । वडा कार्यालय र बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालको सहकार्यमा सञ्चालन गरिएको शिविरबाट ४ सय १३ महिलासहित ७ सय ६५ बिरामीको निःशुल्क उपचार गरिएको हो ।

Advertisement

नोबेलबाट गएका बिशेषज्ञ चिकित्सकहरुले शिविरमा सामान्य शल्यक्रियासमेत गरेका छन् । शरिरमा गाँठागुँठी पलाएका २३ जना बिरामीको शिविरमै शल्यक्रिया गरिएको हो । त्यस्तै दाँतमा समस्या भएका ४५ जनाको दाँत निकालिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार शिविरमा आएका २ सय १ जनाको भिडियो एक्सरे, १ सय ९५ जनाको ल्यावटेष्ट र १ सय ५ जनाको ईसीजी गरिएको छ ।

गाउँमै शल्यक्रियासहितको सेवा पाउँदा बिरामीहरुले खुःशी व्यक्त गरेका छन् । पूर्वी नेपालका गाउँ–गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको नोबेलले केहि दिन अघि संखुवासभाका दुई स्थानमा पनि शिविर सञ्चालन गरेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!