विराटनगर । विराटनगर महानगरपालिका–१९ मिलनचोकमा गएराती टिपरले टेम्पुलाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको छ । विराटचोकबाट विराटनगर तर्फ आउँदै गरेको को.१ ख.२९१७ नम्बरको टिपरले विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १–००२ ह ८६०६ नम्बरको अटोलाई राती करिव साँढे ९ बजे ठक्कर दिएको हो ।

Advertisement

दुर्घटनामा परी टेम्पो चालक मोरङको ग्रामथानका बाबुराम सरदार र उनकी ६ वर्षीया नातिनी सबिताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनापछि आक्रोशित स्थानीयले ठक्कर दिने टिपरमा आगजनी गरेका छन् ।

सयौंको संख्यामा भेला भएका स्थानीय र मृतकपक्षले टिपरमा आगो लगाएर प्रदर्शन गरेका हुन् । उनीहरुले सडकमा टायर बालेर प्रदर्शन जारी राखेका छन् ।

घटनापछि टिपर चालक सुनसरीको रामधुनीका हरेराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भिडियो हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!