कोरोनाका कारण इलाममा चिया बुझ्न आएनन् विदेशी

कोरोनाका कारण इलाममा चिया बुझ्न आएनन् विदेशी

इलाम । विगतका वर्षमा चियाको ‘फस्ट फ्लस’ सिजन (चैत–वैशाख) देखि नै चिया हेर्न र बुझ्न विदेशी आउँथे । उद्योग/कारखानाको अनुगमन गर्दै किसानसँग भलाकुसारी गरेर चिया बोकेर फर्कन्थे । कतिपयले त बगान र उद्योगमा पुगेर चियाको काम पनि गर्थे । प्रायः चैतदेखि दसैँअघिको समयसम्म चियाका लागि बढी विदेशी आउने सिजन हो तर यसपटक कोरोना महामारीले चियाका लागि आउने विदेशी (खरिदकर्ता)को सङ्ख्या शून्य छ । यसले चिया उद्योग...
सुनसरीमा चट्याङ लागेर एक जनाको मृत्यु

सुनसरीमा चट्याङ लागेर एक जनाको मृत्यु

सुनसरी । सुनसरीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । देवानगंज-२ का ३० बर्षीय सन्त कुमार मेहेताको चट्याङ लागेर मृत्यु भएको हो । शनिबार साँझ घर नजिकै खेतमा सनपाट पानीमा डुबाउने क्रममा मेहेतालाई चट्याङ लागेको थियो । चट्याङ लागेर बेहोस भएका मेहेतालाई उपचारका लागि लैजादै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
कविता: आमा

कविता: आमा

मेरो खुशी फूल जस्तै फलाउन तिमी हाँगा भएर फैलिरह्यौ अधेरोमा आफैलाई सल्काउँदै मलाई सधै उजेलोमै राखिरह्यौ हरेक रात तिमीले भन्ने गरेका बीररसका कथाहरु सुन्दै निदाए र सपनाभरी साहसिक युद्ध लडिरहे ए आमा तिमीलाई गुमाएपछी यतिबेला सम्झनाको बाढीसँगै बगेको छु तिम्रा दिव्य सन्देश जस्ता ती नीतिकथाहरुलाई सिरान हालेर निदाउने गरेको छु ।
अब आउने चुनावमा विदेशमा रहेका नेपालीलाई विदेशबाटै मतदान गर्न पाउने व्यवस्था

अब आउने चुनावमा विदेशमा रहेका नेपालीलाई विदेशबाटै मतदान गर्न पाउने व्यवस्था

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले देशबाहिर रहेका मतदान गर्न योग्य नेपालीले विदेशबाटै नेपालको मतदान प्रक्रियामा भाग लिन पाउने व्यवस्था मिलाउन लागिएको बताएका छन् । उनले अब आउने चुनावमा देशबाहिर रहेका नेपालीले सम्बन्धित मुलुकबाटै मतदान गर्न पाउने व्यवस्था मिलाउने गरी सरकारले काम गर्ने बताएका हुन् । गैरआवासीय नेपाली सङ्घ, अमेरिकाज क्षेत्रको जारी क्षेत्रीय बैठक तथा दोस्रो क्ष...
अवैध सम्बन्ध र लेनदेनले बढ्दै हत्याका घटना

अवैध सम्बन्ध र लेनदेनले बढ्दै हत्याका घटना

काठमाडौं । पछिल्लो समय सामान्य मनमुटाव तथा लेनदेनसहित अवैध सम्बन्धका कारण हुने विवादले हत्याको रूप लिन थालेको छ । यस्ता हत्याका घटनामा परिवारसँग जोडिएका व्यक्ति, आफन्त र चिनजानका व्यक्ति तथा सामाजिक सञ्जालबाट चिनजान भएर प्रेम सम्बन्धमा गाँसिएकासमेत पर्न थालेका छन् । यस्तै, अवैध सम्बन्ध र लेनदेनका कारण गत शुक्रबार ललितपुरमा आफ्नै परिवारभित्र हत्याको घटना भएको छ । भैँसेपाटी बस्दै आएकी ३९ वर्षीया ...
प्रदेश १ मा थप ४ जना कोरोना संक्रमितको मृत्यु, थपिए ५३ संक्रमित

प्रदेश १ मा थप ४ जना कोरोना संक्रमितको मृत्यु, थपिए ५३ संक्रमित

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टाको अवधिमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक सबै मोरङका हुन् । कोरोना संक्रमित विराटनगरका २ महिला तथा बुढीगंगा र धनपालथानका १/१ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा हालसम्म मृत्यु हुने कोरोना संक्रमितको संख्या ३९ पुगेको छ । जसमध्ये प्रदेश १ स्थायी ठेगाना भएका २७ छन् भने १२ जना प्रदेश १ बाहिरका हुन् । यसैब...
झापाका मगरलाई आफ्नै साथीले घाँटी रेटेर हत्या गरेको खुल्यो, यस्तो छ घटना प्रकृति

झापाका मगरलाई आफ्नै साथीले घाँटी रेटेर हत्या गरेको खुल्यो, यस्तो छ घटना प्रकृति

झापा । घाँटी काटिएको अवस्थामा मृत भेटिएका झापाको शिवसताक्षी नगरपालिका–११ का गोमनसिंह मगरलाई उनकै साथीले हत्या गरेको खुलेको छ । गत बुधबार शिवसताक्षी नगरपालिका–११ स्थित सताक्षीधाम जाने सडक किनारमा घाँटी रेटिएको अवस्थामा मगर मृत भेटिएका थिए । हत्यामा संलग्न भएको आरोपमा मृतक मगरकै साथी शिवसताक्षी नगरपालिका–८ का ३२ बर्षीय मनकुमार लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुबीचको आर्थिक लेनदेनको बिषयमा...
लागुऔषधसहित दुई जना पक्राउ

लागुऔषधसहित दुई जना पक्राउ

झापा । झापामा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । कमल गाँउपालिका–७ का ४० बर्षीय रोशन साह र १८ बर्षीय दिपक गुरुङलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको हो । गएराती केर्खा चौकमा मे.१ ह. ६३७६ नम्बरको अटोमा आएका दुबै जनालाई नियन्त्रणमा लिई चेकजाँज गर्दा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरुले बोकेको झोला खोलेर हेर्दा लुकाएर राखेको १२० ऐम्पुल डायजोपाम, १२० ऐम्पुल लुपिजे...
बिराटनगरका ४३ बर्षीया कोरोना संक्रमित महिलाको धरानमा मृत्यु

बिराटनगरका ४३ बर्षीया कोरोना संक्रमित महिलाको धरानमा मृत्यु

धरान । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गएराती एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुँनेमा बिराटनगर महानगरपालिका–११ की ४३ बर्षीया महिला छन् । बिराटनगरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पीसीआर परीक्षण गर्दा गत बुधबार उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएकी उनलाई श्वासप्रश्वासमा समस्या हुँनुका साथै, तीन दिनदेखि पेट र छाती दुख्ने स...
अर्थमन्त्री खतिवडाले दिए राजीनामा

अर्थमन्त्री खतिवडाले दिए राजीनामा

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । मन्त्री खतिवडाले सुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका हुन् । नेकपाले बामदेब गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गरेपछि खतिवडाले राजीनामा दिनुपरेको हो । उनको राष्ट्रिय सभाको पदावधि शनिबार सकिँदैछ । खतिवडा २०७४ फागुनमा अर्थमन्त्री बनेका थिए । उनको राष्ट्रिय सभा सदस्य पद गत फागुनमा सकिएको थियो । राष्...
प्रदेश १ मा थपिए हालसम्मकै धेरै कोरोना संक्रमित

प्रदेश १ मा थपिए हालसम्मकै धेरै कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा आज १ सय ४० जना कोरोना संक्रमित थपिएका छन् । एकैदिन थपिएका मध्ये यो अहिले सम्मकै ठूलो संख्या हो । मोरङमा ७०, सुनसरीमा ३४, झापामा २८, ओखलढुङ्गामा ४, उदयपुर, सोलुखुम्वु, भोजपुर र खोटाङमा १/१ जना कोरोना संक्रमित थपिएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरका ६० जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण देखिएकामा २५ महिला र ३५ पुरुष छन् । मोरङको बुढीगंगा...
बेलबारीका १ सय १ परिवारलाई नगरपालिकाले निःशुल्क बनाईदियो घर

बेलबारीका १ सय १ परिवारलाई नगरपालिकाले निःशुल्क बनाईदियो घर

बेलबारी । मोरङको बेलबारी नगरपालिकाले असहाय, एकल, दलित तथा पिछडावर्गका लागि १ सय १ वटा घर बनाइदिएको छ । कमजोर आर्थिक अवस्थाका नगरबासीका लागि नगरपालिकाले निःशुल्क घर निर्माण गरिदिएको हो । बेलबारी नगरपालिका, सहारा नेपाल र ह्याविटेड नेपालको सहकार्यमा घर निर्माण गरिएको हो । बेलबारी नगरपालिका वडा नं. ३, ४, १० र ११ मा घरहरु निर्माण गरिएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले जानकारी दिए । उनका अनुसार वडा न...
धनकुटा कारागारलाई रेडक्रसको सहयोग

धनकुटा कारागारलाई रेडक्रसको सहयोग

धनकुटा । नेपाल रेडक्रस सोसाइटी धनकुटाले आज जिल्ला कारागार धनकुटालाई पानी टंकीसहित करिब ३५ हजार मुल्य बराबरको सामाग्री प्रदान गरेको छ । कैदीबन्दीहरुलाई स्वच्छ पानी उपलब्ध गराउँने उद्धेश्यले ५८ औं रेडक्रस दिवसको अवसर पारेर सामाग्री सहयोग गरिएको हो । रेडक्रसले एक हजार लिटरको एउटा पानी टंकी कारागारलाई प्रदान गरेको छ । बायो फिल्टर, धारासहितको प्लाष्टिक बाल्टिन, बाल्टिन स्टाण्ड, प्लाष्टिक त्रिपाल, वि...
मृत्युलाई नजिकबाट नियालेर फर्किए

मृत्युलाई नजिकबाट नियालेर फर्किए

विश्वभर फैलिएको कोरोना भाइरसको त्रास मनमा कायमै रहेपनि चैत्र वैशाखको जति भने थिएन । आफ्नो जिम्मेवारी र कर्तव्य पुरा गर्ने क्रममा कार्यक्षेत्र बारामा थिए । पहिला मलाई त्यस्तो कुनै जटिल समस्या थिएन । साउनको १६ तिर निषेधाज्ञा जारी भयो । १५ दिन जति कोठामै बसियो । त्यहीबेला अचानक मलाई साउन २४ गतेदेखि घाँटीमा समस्या भयो, सास फेर्न अलि गारो भए जस्तो भयो । अनि डाक्टरको सल्लाह अनुसार औषधी खान सुरु गरे । ...
झडपपछि ललितपुरमा कर्फ्यु

झडपपछि ललितपुरमा कर्फ्यु

काठमाडौं । ललितपुर जिल्लामा आज कर्फ्यु आदेश जारी भएको छ । पुल्चोकमा हिजो निषेधाज्ञा उल्लंघन गरी मछिन्द्रनाथको रथ तान्ने क्रममा स्थानीयबासी र प्रहरीबीच झडप भएपछि सम्भावित घटनालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले आज बिहान ४ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो । ललितपुर महानगरपालिकाभित्र बल्खुदेखि मनहरा पुलसम्मको चक्रपथभित्र पर्ने सम्पूर्ण क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ...
२०७७ भदौ १९ गते शुक्रबार/आजको राशिफल

२०७७ भदौ १९ गते शुक्रबार/आजको राशिफल

बि.सं.२०७७ साल भदौ १९ गते शुक्रबार ई. सं. २०२० सेप्टेम्बर ४, नेपाल सम्बत ११४० ञंलाथ्व द्धितीया प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, असोज कृष्ण द्धितीया, चन्द्रमा मीन राशिमा, उतरभाद्र नक्षत्र, शूल योग, गर करण । नेपालमा सूर्योदय बिहान ०५ः४५ बजे, सूर्यास्त साँझ ६ : २१ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै ...
विराटनगरमा थप एक हजार बेडको आइसोलेशन बनाइने

विराटनगरमा थप एक हजार बेडको आइसोलेशन बनाइने

विराटनगर । कोरोना भाइरसको बढ्दो संक्रमण र जोखिमलाई मध्यनजर गरी प्रदेश १ सरकारले विराटनगरमा थप एक हजार बेडको आइसोलेशन केन्द्र बनाउँने भएको छ । आज प्रदेश स्तरीय सीसीएमसीको भर्चुअल बैठकले आइसोलेसन केन्द्र बनाउने निर्णय गरेको हो । बैठकमा मुख्यमन्त्री शेरधन राईले एक हजार बेड क्षमताको थप आइसोलेसन केन्द्र यथाशिघ्र निर्माण गर्ने गरी अगाडि बढ्न एवं प्रदेश भित्र हालसम्म आइसोलेनको प्रयोगको अवस्थासहित विस्...
भोजपुरमा रासायनिक मलमा कालोबजारी, तेब्बर मुल्यमा बेच्दै गर्दा पक्राउ

भोजपुरमा रासायनिक मलमा कालोबजारी, तेब्बर मुल्यमा बेच्दै गर्दा पक्राउ

भोजपुर । भोजपुरको अरुण गाउँपालिकामा तोकिएको भन्दा तीन गुणा बढि मुल्यमा रासायनिक युरिया मल किसानलाई बिक्री गर्ने गरेको भेटिएको छ । प्रतिबोरा ७ सय ८५ मूल्य पर्ने रासायनिक मल स्थानीय व्यापारी अर्जुन कटुवालले प्रतिबोरा २ हजार ५ सय मूल्यमा किसानलाई बिक्री गरेको पाईएको हो । मनपरी मुल्य तोकेर गाउँमा मलको कालोबजारी गरेको सूचनाका आधारमा गएको प्रहरीले मल ढुवानी गर्ने चालक र गाडीलाई नियन्त्रणमा लिएको छ । ...
धरानमा दुई जना कोरोना संक्रमितको मृत्यु

धरानमा दुई जना कोरोना संक्रमितको मृत्यु

धरान । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा आज दिउँसो दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको राजविराज–७ का ५५ बर्षीय र सोही स्थानका ५० बर्षीय पुरुष छन् । भदौ ७ गते कोरोना संक्रमण पुष्टि भएका ५५ बर्षीय पुरुषको दिउँसो १ः१५ बजे मृत्यु भएको हो । उनमा कमजोरी हुने र अल्परक्तको समस्या थियो । मधुमेहको समस्या पनि नियन्त्रण हुन नसकेपछि सप्तरीको छिन्नमस्ता ...
प्रदेश १ मा थपिए ९४ कोरोना संक्रमित, ६० जना डिस्चार्ज

प्रदेश १ मा थपिए ९४ कोरोना संक्रमित, ६० जना डिस्चार्ज

विराटनगर । प्रदेश १ मा बिगत २४ घण्टाको अवधिमा ९४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४४, सुनसरीमा २८, झापामा १२, संखुवासभामा ६, धनकुटामा २ र तेह्रथुममा २ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरका ३३ जनामा संक्रमण देखिएको छ । १३ महिला र २० पुरुषको कोरोना रिपोर्ट पोजिटिभ आएको हो । मोरङको सुन्दरहरैंचामा ३ पुरुष, लेटाङमा २ महिला १ पुरुष, कटहरी...
रंगेलीमा करेन्ट लागेर एक जनाको मृत्यु

रंगेलीमा करेन्ट लागेर एक जनाको मृत्यु

बिराटनगर । मोरङको रंगेली रामघाटमा आज बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा जयनपुर टोलका ५५ बर्षीय रामप्रसाद मण्डल छन् । खेतमा पानी पटाउन भनि मटर जोड्ने क्रममा आज बिहान करिब ६ बजे मण्डललाई करेन्ट लागेको हो । बिधुत सट भई करेन्ट लाग्दा मण्डलको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।
डा.शर्माको प्रवेशसँगै काठमाडौं मेडिकल कलेजमा ओपीडी निःशुल्क

डा.शर्माको प्रवेशसँगै काठमाडौं मेडिकल कलेजमा ओपीडी निःशुल्क

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले ओपीडी निःशुल्क गरेको छ । यसअघि प्रति बिरामी १ सय रुपैयाँ ओपीडी शुल्क लिदै आएको अस्पतालले बिहिबारबाट लागु हुँनेगरी ओपीडी निःशुल्क गरेको हो । बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालकसमेत रहेका डा.सुनिल शर्माले नेपालकै उत्कृष्ट मानिने काठमाडौं मेडिकल कलेजको अध्यक्षको जिम्मेवारी सोमबारबाट सम्हालेका छन् । डा.शर्माको प्रवेश...
धनकुटाका थप एक जनामा कोरोना संक्रमण पुष्टि

धनकुटाका थप एक जनामा कोरोना संक्रमण पुष्टि

धनकुटा । धनकुटाका थप एक जना पुरुषमा आज कोरोना संक्रमण पुष्टि भएको छ । शहिदभूमी गाउँपालिका–२ का ४० बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी ईण्डियन आर्मी हुन् । केही दिनअघि भारतबाट फर्किएका उनी थलथले क्वारेन्टाईनमा थिए । स्वाब संकलन गरी धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाई...
भोजपुरमा थप तीन जनामा कोरोना संक्रमण

भोजपुरमा थप तीन जनामा कोरोना संक्रमण

भोजपुर । भोजपुरमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० गते छिमेकी मूलुक भारतबाट आएर होल्डिङ एरियामा रहेका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ । संक्रमण पुष्टि हुनेमा हतुवागढी गाउँपालिका–५ होम्ताङका ३० बर्षिय एक जना र ४० बर्षिय दुई जना भारतीय सैनिक छन् । भाद्र ११ गते होल्डिङ एरियामा आएका तीनै जनाको १४ गते स्वाव लिईएको र स्वाव परीक्षणका क्रममा ...
धनकुटामा पाँच दिन थपियो निषेधाज्ञा

धनकुटामा पाँच दिन थपियो निषेधाज्ञा

धनकुटा । धनकुटामा पाँच दिनका लागि निषेधाज्ञा थप भएको छ । प्रमुख जिल्ला अधिकारी केशव प्रसाद बिमलीले बुधबार (आज) राती १२ बजेदेखि भदौ २२ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेका हुन् । यसअघि भदौ ११ गतेदेखि आज रातीसम्मका लागि निषेधाज्ञा घोषणा गरिएको थियो । त्यसलाई पाँच दिन बढाउँदै भदौ २२ गतेसम्मका लागि निषेधाज्ञा थपिएको हो ।
मोरङका उद्योगी, व्यवसायीको सुझाव: अब अति भयो, बन्दाबन्दी सधैका लागि अन्त्य गरौ

मोरङका उद्योगी, व्यवसायीको सुझाव: अब अति भयो, बन्दाबन्दी सधैका लागि अन्त्य गरौ

बिराटनगर । मोरङका उद्योगी, व्यवसायीहरुले लामो समयको लकडाउन र निषेधाज्ञाका कारण औद्योगिक क्षेत्र अस्तव्यस्त भएको भन्दै अब सधैका लागि बन्दाबन्दी अन्त्य गर्न सुझाव दिएका छन् । उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र बिराट व्यापार संघले बुधबार संयुक्त प्रेस बिज्ञप्ति जारी गर्दै अब निषेधाज्ञा नथप्न प्रशासनलाई सुझाव दिएका हुन् । उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका अध्यक्ष प्रकाश ...
प्रदेश १ मा थपिए १३३ कोरोना संक्रमित, ८४ जना डिस्चार्ज

प्रदेश १ मा थपिए १३३ कोरोना संक्रमित, ८४ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ मा आज १ सय ३३ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ३ सय ४९ जनाको पीसीआर परीक्षण गर्दा ३३ महिला र १ सय ४ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । सुनसरीमा ७१, मोरङमा ४७, झापामा ११, भोजपुरमा ३ र पाँचथरमा १ जना कोरोना संक्रमित थपिएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको इटहरीका ५८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण देखिनेमा ७ महिला र ५१ पुरुष छन...
धरानमा मोटरसाईकलको ठक्करबाट बृद्धाको मृत्यु

धरानमा मोटरसाईकलको ठक्करबाट बृद्धाको मृत्यु

धरान । धरानमा मोटरसाईकलको ठक्करबाट एक बृद्धाको मृत्यु भएको छ । धरान–८ तिनकुनेस्थित कोशी राजमार्गमा मोटरसाईकलले ठक्कर दिँदा पहिचान नखुलेकी बृद्धाको मृत्यु भएको हो । ईटहरीबाट धरान आउँदै गरेको को.८ प.९३०२ नम्बरको मोटरसाईकलले मंगलबार साँझ करिब साढे ७ बजे बृद्धालाई ठक्कर दिएको हो । ठक्करबाट गंभीर घाईते भएकी उनको बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा राती करिब ९ बजे मृत्यु भएको ई...
झापामा घाँटी काटिएको अवस्थामा युवाको शव भेटियो

झापामा घाँटी काटिएको अवस्थामा युवाको शव भेटियो

झापा । झापाको रतुवामाईमा घाँटी काटिएको अवस्थामा एक युवाको शव भेटिएको छ । शिवसताक्षी नगरपालिका वडा नम्बर ११ का २९ बर्षीय गोविन मगरको शव फेला परेको हो । मंगलबार साँझदेखि घरबाट सम्पर्कबिहिन भएका मगरको खोजी गर्ने क्रममा बुधबार बिहान करिब १० बजे शव भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मगरले करिब १ महिना अघिदेखि चलाउँदै आएको मोटरसाईकल घटनास्थल भन्दा झण्डै १ सय मिटर टाढा फेला परेको छ । घटनाको ...
बिराटनगरमा पेस्तोल देखाएर व्यापारीबाट पैसा असुल्ने पाँच जना पक्राउ

बिराटनगरमा पेस्तोल देखाएर व्यापारीबाट पैसा असुल्ने पाँच जना पक्राउ

बिराटनगर । बिराटनगरमा व्यापारीहरुलाई पेस्तोल देखाएर पैसा असुल्ने पाँच जना पक्राउ परेका छन् । हतियार देखाएर पैसा माग्ने र नदिए ज्यान मार्ने धम्की दिएर रकम असुल्नेहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोरङको कटहरी–२ का २७ बर्षीय अभिसेक राय, २८ बर्षीय रविन शर्मा, २६ बर्षीय किसन साह, सप्तरी बोधेबर्साईनका–८ का २७ बर्षीय नन्दकिसोर साह र भारतको बिहार राज्य सितामणीका २७ बर्षीय राजु साह छन् । ...
तस्करी गरी लैजाँदै गरिएको काठसहित २ जना पक्राउ

तस्करी गरी लैजाँदै गरिएको काठसहित २ जना पक्राउ

सप्तरी । जिल्लाको रुपनी गाउँपालिका–१ बाट तस्करी गरेर लैजाँदै गरेको काठसहित दुई जना मङ्गलबार पक्राउ परेका छन् । वन गस्ती टोलीले खाँडोखोलादेखि पश्चिमबाट सालको काठसहित रुपनी–१ का सुरेन्द्र राम र वीरेन्द्र रामलाई पक्राउ गरेको डिभिजन वन कार्यालय सप्तरीका रेञ्जर लक्ष्मण साफीले जानकारी दिनुभयो । उनीहरुको साथबाट २.१८ घनफिट तीन थान सालको काठ बरामद गरिएको साफीले बताए । पक्राउ परेकाहरुलाई सशस्त्र वन सुरक्...
error: Content is protected !!