संगालोखबर सम्बाददाता

विराटनगर । प्रदेश १ मा आज १ सय ३३ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ३ सय ४९ जनाको पीसीआर परीक्षण गर्दा ३३ महिला र १ सय ४ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

Advertisement

सुनसरीमा ७१, मोरङमा ४७, झापामा ११, भोजपुरमा ३ र पाँचथरमा १ जना कोरोना संक्रमित थपिएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको इटहरीका ५८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण देखिनेमा ७ महिला र ५१ पुरुष छन् । धरानमा ७, बर्जुमा २, इनरुवा र भोक्राहा नरसिंहमा १/१ र स्थानीय तह नखुलेका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

त्यस्तै मोरङको विराटनगरका २१ महिला २३ पुरुष, धनपालथानका १ पुरुष र स्थानीय तह नखुलेका २ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तैगरी झापाको कमल गाउँपालिकामा ३ महिला ३ पुरुष, मेचीनगरमा ३ पुरुष, विर्तामोड र गौरीगञ्जमा १÷१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

यता, भोजपुरको हतुवागढीमा ३ पुरुष र पाँचथरको स्थानीय तह नखुलेका १ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा हालसम्म ९१ हजार ५ सय १४ जनाको पीसीआर परीक्षण हुँदा संक्रमण पुष्टि हुँनेको संख्या ३ हजार ५ सय ९१ पुगेको छ । जसमध्ये १ हजार ६ सय ८७ जना निको भएका छन् ।

यसैवीच प्रदेश १ मा आज ८४ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!