
भोजपुर । भोजपुरमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० गते छिमेकी मूलुक भारतबाट आएर होल्डिङ एरियामा रहेका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ । संक्रमण पुष्टि हुनेमा हतुवागढी गाउँपालिका–५ होम्ताङका ३० बर्षिय एक जना र ४० बर्षिय दुई जना भारतीय सैनिक छन् ।
भाद्र ११ गते होल्डिङ एरियामा आएका तीनै जनाको १४ गते स्वाव लिईएको र स्वाव परीक्षणका क्रममा आज रिपोर्ट पोजेटिभ आएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले जानकारी दिए । संक्रमित तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेकाले तत्काल उनीहरुलाई भोजपुर नगरपालिका–६ स्थित क्वारेन्टिनमा राखिएको प्रमुख जिल्ला अधिकारी पुरीले बताए ।
यसअघि, विराटनगरबाट भोजपुर सरुवा भई आएर होल्डिङ एरियामा रहेका ३ प्रहरीमा गत ६ गते संक्रमण पुष्टि भएको थियो । उनीहरुलाई थप उपचारका लागि सुनसरीस्थित चतरा कोरोना विशेष अस्पताल पठाईएको छ । हतुवागढी गाउँपालिकाको होम्ताङमा १ जना, होल्डिङ एरिया अरुण गाउँपालिकाको जरायोटारमा षडानन्द नगरपालिका ८ र १२ का ५ जना गरी ६ जनालाई कोरोना पुष्टि भएको थियो । हाल उनीहरु निको भइसकेका छन् ।















