संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

झापा । झापाको रतुवामाईमा घाँटी काटिएको अवस्थामा एक युवाको शव भेटिएको छ । शिवसताक्षी नगरपालिका वडा नम्बर ११ का २९ बर्षीय गोविन मगरको शव फेला परेको हो ।

मंगलबार साँझदेखि घरबाट सम्पर्कबिहिन भएका मगरको खोजी गर्ने क्रममा बुधबार बिहान करिब १० बजे शव भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मगरले करिब १ महिना अघिदेखि चलाउँदै आएको मोटरसाईकल घटनास्थल भन्दा झण्डै १ सय मिटर टाढा फेला परेको छ ।

Advertisement

घटनाको बिषयमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!