बिराटनगरमा मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
मोरङ । बिराटनगर–१५ मा सोमबार साँझ मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बेलुका ७ बजे मे.७ प.६३३२ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा पैदल हिडिरहेकी स्थानीय बिखिया देविको मृत्यु भएको हो ।
ठक्करबाट गंभीर घाईते भएकी उनलाई उपचारका लागि न्युरो अस्पताल लगिएको थियो । उपचारका क्रममा राती १० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
ठक्कर दिने मोटरसाईकल र चालक रतुवामाई–७ का बिक्...






















