सोलुखुम्बुमा आगलागी हुँदा दाजु-बहिनीको मृत्यु

सोलुखुम्बुमा आगलागी हुँदा दाजु-बहिनीको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका-२ मा आगलागी हुँदा एक बालक र एक बालिकाको ज्यान गएको छ । स्थानीय टेकबहादुर निरौलाको मतानमा शनिबार दिउँसो करिब २ बजे आगलागी हुँदा उनीहरूको मृत्यु भएको सोलुखुम्बु प्रहरीले पुष्टि गरेको छ । आगलागीमा परी ज्यान गुमाउनेमा टेकबहादुरका सात वर्षीय नाती सुगम र चार वर्षीया नातिनी सुदिष्मा रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्न...
६७९ मेगावाटको तल्लो अरुण बन्ने, निर्माणको जिम्मा भारतीय कम्पनीलाई

६७९ मेगावाटको तल्लो अरुण बन्ने, निर्माणको जिम्मा भारतीय कम्पनीलाई

काठमाडौं ।  सर्वेक्षणका नाममा वर्षौं ओगटिएको कम्तीमा ६७९ मेगावाटको तल्लो अरूण बन्ने बाटो खुलेको छ । सरकारले उक्त जलविद्युत् आयोजना भारतीय सरकारी कम्पनी सतलजलाई दिने निर्णय गरेको छ । शुक्रबार साँझ बसेको लगानी बोर्डको ४६ औं बैठकले उक्त आयोजनाको गाँठो फुकाएको हो । तल्लो अरुणको सर्वेक्षण अनुमतिपत्र ब्राजिलको कम्पनी ब्रास पावरले ओगटेर बसेको थियो । सर्तअनुसार काम गर्न नसक्दा अख्तियार दुरुपयोग अनुसन्ध...
छथर जोरपाटीमा आगलागीबाट घर जलेर नष्ट

छथर जोरपाटीमा आगलागीबाट घर जलेर नष्ट

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–५ शिवालय टोलमा आगलागीबाट एउटा घर जलेर नष्ट भएको छ । शुक्रबार दिउँसो करिब २ बजे चुल्होबाट सल्किएर आगलागी हुँदा स्थानीय अमरबहादुर लिम्बूको एक तले घर जलेर नष्ट भएको हो । घरमा कोही नभएका बेला चुल्होबाट सल्किएर आगलागी हुँदा घर जलेर नष्ट भएको धनकुटाका प्रहरी प्रमुख गोविन्द अधिकारीले जानकारी दिए । घरमा भएको खाद्यान्न, लत्ताकपडा लगायत सम्पूर्ण सामाग्री जलेर नष्ट...
२०७७ माघ १८ गते आईतबारको राशिफल

२०७७ माघ १८ गते आईतबारको राशिफल

बि.सं.२०७७ साल माघ १८ गते आईतबार ई. सं. २०२१ जनवरी ३१ नेपाल सम्बत ११४१ पोहेलागा तृतीया , प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, शिशिर ऋतु, माघ कृष्ण तृतीया, चन्द्रमा सिंह राशिमा, पूर्व फाल्गुनी नक्षत्र १ः३३ सम्म त्यसपछि उत्तरफाल्गुनी नक्षत्र,शोभान योग १२ः४५ सम्म त्यसपछि अतिगंड योग, वणिज करण ९ः३६ सम्म त्यसपछि बव करण । नेपालमा सूर्योदय बिहान ०६ः५१ बजे, सूर्यास्त साँझ ५ः४४ बजे हुनेछ । आज जन्म लिने ब...
रानी–जोगवनीसहित देशभरका ३० सीमा नाका खुल्ला

रानी–जोगवनीसहित देशभरका ३० सीमा नाका खुल्ला

विराटनगर । कोरोना महामारी रोकथामका लागि सरकारले गत चैत्र ११ देखि बन्द गरेको अन्तराष्ट्रिय सीमा नाकाहरु आवश्यक शर्तसहित खुुल्ला गरेको छ । सरकारले विराटनगरको रानी भन्सारसहित भारत र चीनसँग सीमा जोडिएका देशभरका ३० सीमा नाकाहरु खुल्ला गरेको हो । गृह मन्त्रालयले बिहीबार भारत र चीनसँग प्रत्यक्ष सीमा जोडिएका जिल्लाहरुमा पत्राचार गर्दै नाका खुल्ला गर्न निर्देशन दिएको हो । निर्देशन अनुसार बिहीबारदेखि देश...
सुनसरीमा नेकपा एकताको पक्षमा अभियान

सुनसरीमा नेकपा एकताको पक्षमा अभियान

विराटनगर । सुनसरीका केही युवा र जनप्रतिनिधिहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता हुनुपर्ने भन्दै गाउँमा अभियान सुरु गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बिघटन गरेपछि अहिले पार्टीभित्र ओली र प्रचण्ड–माधव समूह विभाजित भएका छन् । पार्टी एकता हुनपर्ने पक्षमा रहेका नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई समर्थन गर्दै सुनसरीका केही युवा र जनप्रतिनिधिहरुले पार्टी एकताको पक्षमा अभियान...
खोटाङमा आगो ताप्ने क्रममा जल्दा १०१ बर्षीया बृद्धाको मृत्यु

खोटाङमा आगो ताप्ने क्रममा जल्दा १०१ बर्षीया बृद्धाको मृत्यु

खोटाङ । आगो ताप्ने क्रममा जल्दा खोटाङमा १०१ बर्षीया बृद्धाको मृत्यु भएको छ । आगोले जलेर गम्भिर घाइते भएकी खोटेहाङ गाउँपालिका–७ खोटाङबजार धनमुढाकी बृद्धा हिमादेवी अधिकारीको मृत्यु भएको हो । शुक्रबार गाईबस्तुलाई खोले पकाउन बालेको आगो ताप्ने क्रममा कपडामा सल्किएर जल्दा बृद्धा अधिकारी गंभीर घाइते भएकी थिईन् । घाइते अधिकारीको केही घण्टापछि मृत्यु भएको हो । उनी खोटेहाङ गाउँपालिकाकी सवैभन्दा जेष्ठ नाग...
विराटनगरमा यस्तो देखियो प्रचण्ड–माधव समूहको शक्ति प्रदर्शन (भिडियोसहित)

विराटनगरमा यस्तो देखियो प्रचण्ड–माधव समूहको शक्ति प्रदर्शन (भिडियोसहित)

विराटनगर । संसद् विघटनको विरोधमा नेकपाको प्रचण्ड–माधव समूहले शुक्रबार विराटनगरमा शक्ति प्रदर्शन गरेको छ । नेकपा प्रदेश १ कमिटीको आयोजनामा संसद् विघटनविरुद्ध प्रदर्शन गरिएको हो । प्रदेश १ का अधिकांस जिल्लाका नेता कार्यकर्ता सहभागि प्रदर्शनमा नेकपाका शीर्ष नेताहरु पनि सहभागि थिए । हजारौं नेता कार्यकर्ताको सहभागितामा विराटनगरका बिभिन्न स्थानबाट निस्किएको जुलुश जनआन्दोलन चौकमा पुगेर विरोध सभामा परि...
कक्षा ११ र १२ मा गणित विषय अनिवार्य

कक्षा ११ र १२ मा गणित विषय अनिवार्य

काठमाडौं । कक्षा ११ र १२ मा ‘सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा’ र गणित दुवै विषय अनिवार्यमा पर्ने भएको छ । यसअघि अनिवार्यबाट हटाइ ऐच्छिकमा राखिएको गणित विषयलाई पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को शनिबारको बैठकले अनिवार्य विषयका रुपमा पढ्न चाहने विद्यार्थीका लागि बाटो खुल्ला रहने गरी निर्णय गरेको हो । नयाँ पाठ्यक्रममा गणितलाई ऐच्छिकमा राखिएमा सम्बन्धित विषयविज्ञबाट उठेको असन्तुष्टिलाई सम्...
केपी ओलीले नेकपा फुटाउँन सक्दैनन्: नेता खनाल

केपी ओलीले नेकपा फुटाउँन सक्दैनन्: नेता खनाल

विराटनगर । नेकपाका बरिष्ठ नेता झलनाथ खनालले केपी शर्मा ओलीले नेकपा फुटाउँन नसक्ने दावी गरेका छन् । संसद् विघटनको विरोधमा नेकपा प्रदेश १ कमिटीले शुक्रबार विराटनगरमा गरेको प्रदेश स्तरीय विरोध सभालाई संवोधन गर्दै बरिष्ठ नेता खनालले यस्तो बताएका हुन् । पार्टी फुटाउँन ४० प्रतिशत सदस्य चाहिने भन्दै नेता खनालले ओलीले केही आसेपासे लिएर जाँदैमा नेकपा फुटेको भन्न नमिल्ने जिकिर गरे । उनले पार्टी फुट्न लाग...
२०७७ माघ १७ गते शनिबारको राशिफल

२०७७ माघ १७ गते शनिबारको राशिफल

बि.सं.२०७७ साल माघ १७ गते शनिबार ई. सं. २०२१ जनवरी ३० नेपाल सम्बत ११४१ पोहेलागा द्धितीया , प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, शिशिर ऋतु, माघ कृष्ण द्धितीया, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र २ः४३ सम्म त्यसपछि पूर्व फाल्गुनी नक्षत्र, सौभाग्य योग ३ः२१ सम्म त्यसपछि शोभान योग, तैतल करण ११ः१६ सम्म त्यसपछि वणिज करण । नेपालमा सूर्योदय बिहान ०६ः५२ बजे, सूर्यास्त साँझ ५ः४४ बजे हुनेछ । आज जन्म लिने बच्...
केपी ओली तमासा गर्दैछन्: माधव नेपाल

केपी ओली तमासा गर्दैछन्: माधव नेपाल

विराटनगर । नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले केपी शर्मा ओलीले पार्टीमा तमासा देखाइरहेको बताएका छन् । संसद् विघटनको विरोधमा नेकपा प्रदेश १ कमिटीले शुक्रबार विराटनगरमा गरेको प्रदेश स्तरीय विरोध सभालाई संवोधन गर्दै बरिष्ठ नेता नेपालले यस्तो बताएका हुन् । ओलीले आफुलाई प्रथम अध्यक्ष भन्ने तर पार्टीको अनुशासनमा नबसेर तमासा देखाउँदा पार्टीमा समस्या निम्तिएको नेता नेपालले बताए । उनले ओलीलाई तानाशा...
सर्वोच्चले संसद् पुर्नस्थापना नगरेमा संसद बैठक राखेर ओलीलाई कारबाही गछौं: दाहाल

सर्वोच्चले संसद् पुर्नस्थापना नगरेमा संसद बैठक राखेर ओलीलाई कारबाही गछौं: दाहाल

विराटनगर । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले संसद् पुर्नस्थानाको फैसला नगरेमा संसद् बैठक राखेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्ने चेतावनी दिएका छन् । संसद् विघटनको विरोधमा नेकपा प्रदेश १ कमिटीले शुक्रबार विराटनगरमा गरेको प्रदेश स्तरीय विरोध सभालाई संवोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । सर्वोच्चले संविधान, लोकतन्त्र र जनताको मर्म र भावना अनुसार फैसला ...
संसद् विघटनविरुद्ध विराटनगरमा आज शक्ति प्रदर्शन, प्रचण्ड र माधव नेपालले संवोधन गर्ने

संसद् विघटनविरुद्ध विराटनगरमा आज शक्ति प्रदर्शन, प्रचण्ड र माधव नेपालले संवोधन गर्ने

विराटनगर । संसद् विघटनको विरोधमा आन्दोलित नेकपाको प्रचण्ड–माधव पक्षले आज प्रदेश १ को राजधानी विराटनगरमा शक्ति प्रदर्शन गर्ने भएको छ । नेकपा प्रदेश १ कमिटीको प्रचण्ड–माधव पक्ष निकट समूहले प्रदेश स्तरीय विरोध प्रदर्शन कार्यक्रम आयोजना गरेको हो । दिउँसो १२ बजेबाट विरोध प्रदर्शन सुरु गरेर स्थानीय जनआन्दोलन चौकमा सभा गर्ने कार्यक्रम छ । सभालाई संवोधनका लागि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, ...
१७६ दिनपछि पहिलो पटक मृतकको संख्या शून्य

१७६ दिनपछि पहिलो पटक मृतकको संख्या शून्य

काठमाडौं । बिहीबार कोरोना भाइरस संक्रमण पुष्टि भएका मध्ये मृतकको संख्या शून्यमा झरेको छ । संक्रमितको संख्या घटिरहेको बेला मृतकको संख्या बिहीबार शून्यमा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार संक्रमितमध्ये तीन जनाको मृत्यु भएको थियो । गत १८ साउन २०७७ मा संक्रमित मृतकको संख्या शून्यमा सीमित हुन पुगेको थियो । त्यसयता संक्रमित मृतकको संख्या दैनिक बढ्दो क्रममा थियो । १७ साउनमा कु...
पसलबाट पैसा चोर्ने व्यक्ति पक्राउ

पसलबाट पैसा चोर्ने व्यक्ति पक्राउ

  झापा । झापाको अर्जुनधारा नगरपालिका–५ लक्ष्मीपुरस्थित एक किराना पसलमा चोरी गरेको आरोपमा गएराती एक जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय गजेन्द्र कट्वालको किराना पसलमा चोरी गरेको आरोपमा अर्जुनधारा–४ का ४१ बर्षीय बिक्रम दनुवारलाई प्रहरीले पक्राउ गरेको हो । बिहिवार साँझ साँढे ७ बजे पसलमा चोरी भएको भन्दै पसलधनी कटुवालले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि इलाका प्रहरी कार्यालय अनारमनीबा...
२०७७ माघ १६ गते शुक्रबारको राशिफल

२०७७ माघ १६ गते शुक्रबारको राशिफल

बि.सं.२०७७ साल माघ १६ गते शुक्रबार ई. सं. २०२१ जनवरी २९ नेपाल सम्बत ११४१ पोहेलागा पारु , प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, शिशिर ऋतु, माघ कृष्ण प्रतिपदा, चन्द्रमा कर्कट राशिमा ३ः३६ सम्म त्यसपछि सिंह राशिमा, अश्लेषा नक्षत्र ३ः३७ सम्म त्यसपछि मघा नक्षत्र, आयुष्मान योग ७ः४० सम्म त्यसपछि सौभाग्य योग, बालव करण १२ः३३ सम्म त्यसपछि तैतल करण । नेपालमा सूर्योदय बिहान ०६ः५२ बजे, सूर्यास्त साँझ ५ः४३ बजे...
धनकुटाका युवा गाँजासहित धरानबाट पक्राउ

धनकुटाका युवा गाँजासहित धरानबाट पक्राउ

सुनसरी । धनकुटाका एक युवा गाँजासहित धरानबाट पक्राउ परेका छन् । धनकुटा नगरपालिका–९ बेलहाराबेसीका २३ बर्षीय कमल बिष्टलाई गाँजासहित प्रहरीले धरानको भानुचौकबाट पक्राउ गरेको हो । उनको साथबाट १ किलो ९ सय ग्राम गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले संगालोखबरलाई जानकारी दिए । झोलामा गाँजा बोकेर बसबाट इटहरीतर्फ जाँदै गर्दा वुधवार दिउँसो करिब १२ बजे उनी पक्राउ परेका हु...
प्रचण्ड-माधव पक्ष निकट अनेरास्ववियू धनकुटा क्याम्पस कमिटी विस्तार

प्रचण्ड-माधव पक्ष निकट अनेरास्ववियू धनकुटा क्याम्पस कमिटी विस्तार

धनकुटा । नेकपाको प्रचण्ड-माधव पक्ष निकट अनेरास्ववियू धनकुटा बहुमुखी क्याम्पस कमिटीमा सदस्य थप गरिएको छ । १०१ सदस्य थप गर्दै क्याम्पस कमिटीलाई १०३ सदस्यीय बनाइएको हो । पार्टी विवाद चर्कनु अघि क्याम्पस कमिटीमा संयोजक र सह-संयोजक तोकिएको थियो । सञ्जिब लिम्बूले संयोजक र सन्तोष बुढाथोकीले सह-संयोजकको जिम्मेवारी पाएका थिए । बाँकी सदस्य चयन भएको थिएन । पहिले नै तोकिएका संयोजक लिम्बू र सह-संयोजक बुढाथो...
डा. शर्माद्वारा बिपन्न परिवारकी बालिकाको निःशुल्क उपचार

डा. शर्माद्वारा बिपन्न परिवारकी बालिकाको निःशुल्क उपचार

बिराटनगर । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले आर्थिक अभावका कारण उपचार नपाएर बसेकी एक बालिकालाई निःशुल्क उपचारको व्यवस्था मिलाइदिएका छन् । डा.शर्माले मोरङको मिक्लाजुङ गाउँपालिका–६ कालिदहकी ७ बर्षीया रुस्मा बस्नेतको निधारमा पलाएको ट्यूमरको शल्यक्रियासहितको सम्पूर्ण उपचार निःशुल्क गराईदिएका हुन् । बिपन्न परिवारकी ती बालिकाको परिवारले खर्च जुटाउँन नसक्दा उनको उपचार हुँन सकेको थिएन । ज...
अदालतको अवहेलना मुद्दामा सर्वोच्चद्वारा प्रधानमन्त्रीसँग लिखित जवाफ माग

अदालतको अवहेलना मुद्दामा सर्वोच्चद्वारा प्रधानमन्त्रीसँग लिखित जवाफ माग

काठमाडौं । अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ । प्रधानमन्त्री ओलीलाई लिखित जवाफसहित आफैं अदालतमा उपस्थित हुन सर्वोच्चले आदेश दिएको हो । ओलीले गत शुक्रबार कार्की बैंक्वेटमा संवोधन गर्ने क्रममा ‘एकजना बाजे वकिललाई पनि लिएर गएछन्, त्यहाँ (अदालतमा) तमासा देखाउन ।’ भनेका थिए । उक्त अभिव्यक्तिपछि प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मु...
विराटनगर विमानस्थल बढाउँन व्यक्तिको जग्गा रोक्का गरिदै

विराटनगर विमानस्थल बढाउँन व्यक्तिको जग्गा रोक्का गरिदै

विराटनगर । विराटनगर विमानस्थल विस्तारका लागि व्यक्तिको जग्गा अधिग्रहण गर्न मालपोत कार्यालयले रोक्का प्रक्रिया सुरु गरेको छ । जग्गा आपूर्ति ऐन अन्तर्गत प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको बैठकले आवश्यक पर्ने क्षेत्रफलभित्रका व्यक्तिको जग्गा यकिन गर्न मालपोत कार्यालयलाई निर्देशन गरेको हो । विमानस्थल विस्तारका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गर्नु अगाडि नेपाल नागरिक उड्डयन प्राधिकरणले बाउण्...
ईलाममा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

ईलाममा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

ईलाम । ईलाम नगरपालिका–९ मा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । ट्रकको ठक्करबाट माईजोगमाई गाँउपालिका–३ की २८ बर्षीया सन्जु आचार्यको मृत्यु भएको हो । ईलामबाट झापातर्फ जाँदै गरेको को १८ प ६९७ नम्बरको मोटरसाईकललाई सोही दिशातर्फ जाँदै गरेको ना ३ ख २७३२ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । घटनाको व...
बेलवारीमा करेन्ट लागेर एक जनाको मृत्यु

बेलवारीमा करेन्ट लागेर एक जनाको मृत्यु

मोरङ । मोरङको बेलवारी नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर सुन्दरहरैंचा–९ का ३५ बर्षीय ईलिहास मंसुरीको मृत्यु भएको हो । बेलवारीमा रहेको चिनारी स्कूलमा ग्रीलको गेट बनाउने क्रममा करेन्ट लागेर मंसुरी घाइते भएका थिए । उपचारका लागि उनलाई बिराट नर्सिङहोम लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।
किसानलाई इलेक्ट्रीक स्प्रे मेसिन वितरण

किसानलाई इलेक्ट्रीक स्प्रे मेसिन वितरण

बेलबारी । मोरङको बेलबारी नगरपालिका वडा नंं.–३ ले टोलविकास संस्थाहरुलाई इलेक्ट्रीक स्प्रे मेसिन वितरण गरेको छ । एक कार्यक्रमकाबीच टोल विकास संस्थाका प्रतिनिधिहरुलाई वडाध्यक्ष योगेन्द्र सुवेदीले स्प्रे मेसिन हस्तान्तरण गरेका हुन् । तरकारी, फलफूल तथा मसला बालीको पकेट क्षेत्रका रुपमा विकास गरिरहेको वडाले किसानहरुलाई लक्षित गरेर टोल विकास संस्थालाई इलेक्ट्रीक स्पे्र मेसिन दिएको हो । कागति, सजिउन, च्...
३० पूर्णाङ्कको परीक्षामा नम्बर दिइयो ६०

३० पूर्णाङ्कको परीक्षामा नम्बर दिइयो ६०

काठमाडौं । शिक्षकले जथाभावी प्राप्तांक पठाउँदा कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ भएको छ । कार्यविधिमा तोकिएको सिस्टममा परीक्षा केन्द्रहरुबाट नम्बर नआउँदा लक्ष्य अनुसार नतिजा सार्वजनिक गर्न नसकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गत मंसिर १६ गते कक्षा १२ को संक्षिप्त परीक्षा सकिएको थियो । ‘परीक्षा सकिएको महिना दिनमा नतिजा प्रकाशन गर्न सक्छौँ जस्तो लागेको थियो,’ बोर्डका सदस्य सचिव दुर्गाप्रस...
स्वस्थानी ब्रत सुरु

स्वस्थानी ब्रत सुरु

काठमाडौं । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु गरिँदै छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ। पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत हुन्छ। बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ। बेलुक...
धनकुटामा विद्यार्थी बलात्कार गर्ने शिक्षकसहित चार जनालाई १८ बर्ष कैद सजाय

धनकुटामा विद्यार्थी बलात्कार गर्ने शिक्षकसहित चार जनालाई १८ बर्ष कैद सजाय

धनकुटा । जिल्ला अदालत धनकुटाले विद्यार्थीमाथि यौन शोषण गर्ने शिक्षकसहित चार जनालाई १८ बर्ष कैद सजायको फैसला सुनाएको छ । धनकुटा नगरपालिकाकी १४ बर्षीया दलित बालिकामाथि पटक–पटक भएको यौन शोषणको घटनामा धनकुटा–६ का शिक्षक मदन अधिकारी, स्थानीय गौरी अत्री, देवेन्द्र श्रेष्ठ र भक्तबहादुर मगरलाई अदालतले दोषी ठहर गरेको हो । जिल्ला न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासले शिक्षक अधिकारीलाई १८ बर्ष ६ महिन...
२०७७ माघ १५ गते बिहिबारको राशिफल

२०७७ माघ १५ गते बिहिबारको राशिफल

बि.सं.२०७७ साल माघ १५ गते बिहिबार ई. सं. २०२१ जनवरी २८ नेपाल सम्बत ११४१ पोहेलाथ्व पून्हि, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, शिशिर ऋतु, पुष शुक्ल पूर्णिमा, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र ४ः७ सम्म त्यसपछि अश्लेषा नक्षत्र, प्रीति योग ७ः३८ सम्म त्यसपछि आयुष्मान योग, विष्टि करण १ः२१ सम्म त्यसपछि बालव करण । नेपालमा सूर्योदय बिहान ०६ः५३ बजे, सूर्यास्त साँझ ५ः४२ बजे हुनेछ । आज जन्म लिने बच्चाक...
मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव सजिलै पास हुन्छ: नेता आचार्य

मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव सजिलै पास हुन्छ: नेता आचार्य

विराटनगर । नेकपा प्रदेश १ का इन्चार्ज भीम प्रसाद आचार्यले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव सजिलै पास हुँने दावी गरेका छन् । प्रचण्ड–नेपाल पक्षीय नेता आचार्यले आज विराटनगरमा पत्रकारहरुसँग कुराकानी गर्दै यस्तो दावी गरेका हुन् । दल भित्रको सुविधाजनक बहुमत र संसद्मा उपस्थित विपक्षी दलहरुको सहयोगले अविश्वासको प्रस्ताव सजिलै पास हुँने नेता आचार्यको दावी छ । प्रचण्ड–नेपाल ...
संसद् विघटनविरुद्ध विराटनगरमा नागरिक समाज आन्दोलित

संसद् विघटनविरुद्ध विराटनगरमा नागरिक समाज आन्दोलित

विराटनगर । प्रतिनिधिसभा विघटन गरेर सरकारले असंवैधानिक कदम चालेको भन्दै विराटनगरमा नागरिक समाज आन्दोलित भएको छ । जनताको लामो समयको संघर्ष र बलिदान पश्चात प्राप्त भएको संविधानलाई सरकारले प्रतिगमनतर्फ डोर्याएको भन्दै नागरिक समाजले आन्दोलन थालेको हो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मूलुकमा अस्थिरता सिर्जना गर्न खोजेको भन्दै वुधबार प्रवुद्ध नागरिकहरुले विराटनगरको जनआन्दोलन चौकमा खुल्...
error: Content is protected !!