संगालोखबर सम्वाददाता

 

सांकेतिक तस्वीर

झापा । झापाको अर्जुनधारा नगरपालिका–५ लक्ष्मीपुरस्थित एक किराना पसलमा चोरी गरेको आरोपमा गएराती एक जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय गजेन्द्र कट्वालको किराना पसलमा चोरी गरेको आरोपमा अर्जुनधारा–४ का ४१ बर्षीय बिक्रम दनुवारलाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

बिहिवार साँझ साँढे ७ बजे पसलमा चोरी भएको भन्दै पसलधनी कटुवालले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि इलाका प्रहरी कार्यालय अनारमनीबाट गएको प्रहरी टोलीले सीसीटीभी फुटेज हेर्दा दनुवारले चोरी गरेको देखिएपछि उनलाई राती नै पक्राउ गरिएको हो ।

चोरी भएको भनिएको नगद एक लाख अठचालीस हजार र भारतीय नोट पन्द्र सय दनुवारको साथबाट बरामद भएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!