संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–५ शिवालय टोलमा आगलागीबाट एउटा घर जलेर नष्ट भएको छ । शुक्रबार दिउँसो करिब २ बजे चुल्होबाट सल्किएर आगलागी हुँदा स्थानीय अमरबहादुर लिम्बूको एक तले घर जलेर नष्ट भएको हो ।

Advertisement

घरमा कोही नभएका बेला चुल्होबाट सल्किएर आगलागी हुँदा घर जलेर नष्ट भएको धनकुटाका प्रहरी प्रमुख गोविन्द अधिकारीले जानकारी दिए । घरमा भएको खाद्यान्न, लत्ताकपडा लगायत सम्पूर्ण सामाग्री जलेर नष्ट हुँदा करिब तीन लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

यसैबीच, आगलागीपीडित परिवारलाई शनिवार जिल्ला दैविक प्रकोप उद्धार समिति, छथर जोरपाटी गाउँपालिका र रेडक्रस सोसाइटीले राहत वितरण गरेका छन् । जिल्ला दैविक प्रकोप उद्धार समितिको तर्फबाट प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले आगलागीपीडित लिम्बूलाई २० हजार नगद प्रदान गरेका छन् ।

त्यस्तै गाउँपालिकाको तर्फबाट अध्यक्ष शेरबहादुर लिम्बू र उपाध्यक्ष भीमकला श्रेष्ठले जस्तापाता, खाद्यान्न, लत्ताकपडा तथा बन्दोबस्तीका सामान वितरण गरेका छन् । रेडक्रसले पनि त्रिपाल, भाँडा लगायत सामाग्री प्रदान गरेको छ । आगलागीबाट घर जलेर नष्ट भएपछि तीन सदस्यीय लिम्बू परिवार विस्थापित भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!