संगालोखबर सम्वाददाता

काठमाडौं । अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ । प्रधानमन्त्री ओलीलाई लिखित जवाफसहित आफैं अदालतमा उपस्थित हुन सर्वोच्चले आदेश दिएको हो ।

Advertisement

ओलीले गत शुक्रबार कार्की बैंक्वेटमा संवोधन गर्ने क्रममा ‘एकजना बाजे वकिललाई पनि लिएर गएछन्, त्यहाँ (अदालतमा) तमासा देखाउन ।’ भनेका थिए । उक्त अभिव्यक्तिपछि प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो ।

रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले ओलीसँग लिखित जवाफ माग गरेको हो । अवहेलनामा किन कारबाही हुनु नपर्ने हो ? भन्नेबारे लिखित जवाफसहित ७ दिनभित्र प्रधानमन्त्री ओलीलाई अदालतमा आफैं उपस्थित हुन आदेश दिइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!