संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

खोटाङ । आगो ताप्ने क्रममा जल्दा खोटाङमा १०१ बर्षीया बृद्धाको मृत्यु भएको छ । आगोले जलेर गम्भिर घाइते भएकी खोटेहाङ गाउँपालिका–७ खोटाङबजार धनमुढाकी बृद्धा हिमादेवी अधिकारीको मृत्यु भएको हो ।

शुक्रबार गाईबस्तुलाई खोले पकाउन बालेको आगो ताप्ने क्रममा कपडामा सल्किएर जल्दा बृद्धा अधिकारी गंभीर घाइते भएकी थिईन् । घाइते अधिकारीको केही घण्टापछि मृत्यु भएको हो । उनी खोटेहाङ गाउँपालिकाकी सवैभन्दा जेष्ठ नागरिकका रुपमा सम्मानित भएकी थिईन् ।

Advertisement

शारीरिक असक्तताका कारण उनी घिस्रिएर हिड्ने गर्थिन् । आगो ताप्ने क्रममा जलेको अवस्थामा देखेर स्थानीयबासीले उनलाई उद्धार गरेका थिए । उद्धार गरिएको केही समयपछि उनको मृत्यु भएको स्थानीयबासीले बताएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!