संगालोखबर सम्वाददाता

सुनसरी । धनकुटाका एक युवा गाँजासहित धरानबाट पक्राउ परेका छन् । धनकुटा नगरपालिका–९ बेलहाराबेसीका २३ बर्षीय कमल बिष्टलाई गाँजासहित प्रहरीले धरानको भानुचौकबाट पक्राउ गरेको हो ।

Advertisement

उनको साथबाट १ किलो ९ सय ग्राम गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले संगालोखबरलाई जानकारी दिए । झोलामा गाँजा बोकेर बसबाट इटहरीतर्फ जाँदै गर्दा वुधवार दिउँसो करिब १२ बजे उनी पक्राउ परेका हुन् ।

शंका लागेर चेकजाँच गर्ने क्रममा झोलामा गाँजा बरामद भएकाले उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनले धनकुटाबाट गाँजा बिक्रिका लागि लैजादै गरेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

पक्राउ परेका बिष्टविरुद्ध प्रहरीले जिल्ला अदालतमा लागुऔषधसम्बन्धि मुद्दा दायर गरेर उनको कारोवारका विषयमा अनुसन्धान गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!