ईलाम । ईलाम नगरपालिका–९ मा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । ट्रकको ठक्करबाट माईजोगमाई गाँउपालिका–३ की २८ बर्षीया सन्जु आचार्यको मृत्यु भएको हो ।
ईलामबाट झापातर्फ जाँदै गरेको को १८ प ६९७ नम्बरको मोटरसाईकललाई सोही दिशातर्फ जाँदै गरेको ना ३ ख २७३२ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।
घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।