संगालोखबर सम्बाददाता

बेलबारी । मोरङको बेलबारी नगरपालिका वडा नंं.–३ ले टोलविकास संस्थाहरुलाई इलेक्ट्रीक स्प्रे मेसिन वितरण गरेको छ । एक कार्यक्रमकाबीच टोल विकास संस्थाका प्रतिनिधिहरुलाई वडाध्यक्ष योगेन्द्र सुवेदीले स्प्रे मेसिन हस्तान्तरण गरेका हुन् ।

Advertisement

तरकारी, फलफूल तथा मसला बालीको पकेट क्षेत्रका रुपमा विकास गरिरहेको वडाले किसानहरुलाई लक्षित गरेर टोल विकास संस्थालाई इलेक्ट्रीक स्पे्र मेसिन दिएको हो । कागति, सजिउन, च्याउ, खुर्सानी तथा प्याजका बिरुवा पनि किसानहरुलाई वितरण गरिएको वडाध्यक्ष सुवेदीले बताए ।

त्यस्तै वडाकै अगुवा किसान कृष्ण राईलाई टनेल तथा स्प्रे मेसिन वितरण गरिएको छ । किसानहरुलाई प्रोत्साहन गर्ने उदेश्यले स्प्रे मेसिन वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!