
मोरङ । मोरङको बेलवारी नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर सुन्दरहरैंचा–९ का ३५ बर्षीय ईलिहास मंसुरीको मृत्यु भएको हो ।
बेलवारीमा रहेको चिनारी स्कूलमा ग्रीलको गेट बनाउने क्रममा करेन्ट लागेर मंसुरी घाइते भएका थिए । उपचारका लागि उनलाई बिराट नर्सिङहोम लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।