संगालोखबर सम्बाददाता

धनकुटा । नेकपाको प्रचण्ड-माधव पक्ष निकट अनेरास्ववियू धनकुटा बहुमुखी क्याम्पस कमिटीमा सदस्य थप गरिएको छ । १०१ सदस्य थप गर्दै क्याम्पस कमिटीलाई १०३ सदस्यीय बनाइएको हो ।

Advertisement

पार्टी विवाद चर्कनु अघि क्याम्पस कमिटीमा संयोजक र सह-संयोजक तोकिएको थियो । सञ्जिब लिम्बूले संयोजक र सन्तोष बुढाथोकीले सह-संयोजकको जिम्मेवारी पाएका थिए । बाँकी सदस्य चयन भएको थिएन । पहिले नै तोकिएका संयोजक लिम्बू र सह-संयोजक बुढाथोकी दुवै जना प्रचण्ड-नेपाल पक्षमा रहेकाले कमिटीमा बाँकी सदस्यहरु थप गरिएको क्याम्पस कमिटी इन्चार्ज प्रकाश गिरीले जानकारी दिए ।

नेकपा धनकुटाका सचिवालय सदस्य एवं विद्यार्थी फ्याक्सन इन्चार्ज हेमचन्द्र किराती, अनेरास्ववियूका केन्द्रिय सदस्य इन्द्र बिष्ट, जिल्ला संयोजक अंकित थापा, सह-संयोजक पदम रखाल मगर, क्याम्पस कमिटी इन्चार्ज गिरी लगायतको उपस्थितीमा कमिटी विस्तार गरिएको अनेरास्ववियूले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!