इटहरीमा अक्सिजनसहित ५० शैयाको आइसोलेशन सेन्टर सञ्चालन

इटहरीमा अक्सिजनसहित ५० शैयाको आइसोलेशन सेन्टर सञ्चालन

इटहरी । इटहरीमा अक्सिजनसहित ५० शैयाको आइसोलेशन सेन्टर सञ्चालन गरिएको छ । इटहरी उपमहानगरले ३० शैया पुरुषका लागि र २० शैया महिलाका लागि छुट्टा छुट्टै ब्लकमा व्यवस्था गरेर आइसोलशन सञ्चालनमा ल्याएको हो । आज बेलुकादेखि कोरोना संक्रमित बिरामी राखेर आइसोलशन सञ्चालनमा ल्याइएको महानगरका उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिइन् । उनका अनुसार अक्सिजन नेवुलाइजरसहितको आइसोलेशन सेन्टरमा २४ घण्टै स्वास्थ्यकर्मी ...
झापामा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापामा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापा । झापाको कन्काई नगरपालिका–३ मा ट्रकको ठक्करबाट आज पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुँनेमा कन्काई नगरपालिका–७ की ७१ बर्षीया कमला माया कामी छन् । बिहान पौने १२ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ क ४४३ नम्बरको ट्रकले कमलामायालाई ठक्कर दिँदा घटनास्थलमै उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अरुण तेस्रोको सुरुङभित्र ढुङ्गा खस्दा कामदारको मृत्यु

अरुण तेस्रोको सुरुङभित्र ढुङ्गा खस्दा कामदारको मृत्यु

संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिका–३ पुखुवामा निर्माणाधिन अरुण तेस्रो जलबिद्युत आयोजनाको सुरुङभित्र ढुङ्गा खस्दा आज एक कामदारको मृत्यु भएको छ । आयोजनाको म्याट वान पावर हाउसको सुरुङभित्र ब्लाष्टिङ लोड गर्ने क्रममा माथीबाट ढुङगा (लुज) खस्दा शुक्लाफाँट नगरपालिका–१२ कन्चनपुरका ३७ बर्षीय कृष्ण रानाको मृत्यु भएको हो । बिहान साढे ८ बजे सुरुङभित्र काम गरिरहेको अवस्था ढुङगा खस्दा रानाको घटनास्थलम...
ओखलढुङ्गामा घाँस काट्न जाँदा लडेर मृत्यु

ओखलढुङ्गामा घाँस काट्न जाँदा लडेर मृत्यु

ओखलढुंगा । ओखलढुङ्गामा घाँस काट्न जाँदा लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा मोलुङ गाउँपालिका–५ लिस्पुका ६५ बर्षीय युवराज नेपाल छन् । मंगलबार बिहान ६ बजे उनी घरबाट गढी जंगलमा घाँस काट्न भनेर गएका थिए । उनी अबेरसम्म पनि घर नफर्किएपछि परिवारले खोजी गर्दा बाटोदेखि करिव २५ मिटर तल लडेर घाइते भएको अवस्थामा फेला पारेका थिए । उनलाई घरमा ल्याएर उपचारका लागि अस्पताल लैजाने तयारी गर्दा गर्दै उनक...
खोटाङमा भिरबाट टेम्पु खस्दा एक बालकको मृत्यु, ४ घाइते

खोटाङमा भिरबाट टेम्पु खस्दा एक बालकको मृत्यु, ४ घाइते

खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिका–५ घोर्लेस्थित तारेभिरमा टेम्पु दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । मंगलबार बिहान १० बजे घोर्लेबाट बिरामी बोकेर चिसापानी जाँदै गरेको लु. १ स. ०३५० नम्बरको टेम्पु तारेभिरबाट ५ सय मिटर तल खसेको हो । दुर्घटनामा परी सोही स्थानका १३ बर्षीय गोकुल परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी परियार गम्भीर घाइते भएका थिए । उप...
२०७८ बैशाख २९ गते बुधवारको राशिफल

२०७८ बैशाख २९ गते बुधवारको राशिफल

बि.सं.२०७८ साल बैशाख २९ गते बुधवार ई. सं. २०२१ मे १२ नेपाल सम्बत ११४१ पोहेलागा प्रतिपदा, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, बैशाख शुक्ल प्रतिपदा, चन्द्रमा मेष राशिमा, कृत्तिका नक्षत्र शोभन योग किंस्तुध्न करण । नेपालमा सूर्योदय बिहान ०५ः१६ बजे, सूर्यास्त साँझ ६ः४३ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर...
स्वास्थ्य नीतिमा समस्या कि नियतमा खोट ?

स्वास्थ्य नीतिमा समस्या कि नियतमा खोट ?

काठमाडौं महानगरपालिकाले मंगलबार जिल्लाभित्र भएका डेडिकेटेड कोभिड अस्पतालका प्रमुखसँग गरेको छलफलमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी, काठमाडौंका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले नेपालको ‘हेल्थ सिस्टम नै कोल्याप्स’ भएको तीतो सत्य बोलेपछि उहाँलाई सार्वजनिक रुपमै धन्यवाद नदिइरहन सकिन । सरकारले कोभिड उपचारका लागि तोकेका अस्पतालले संक्रमितको उपचारको जिम्मा लिन नसकेको, अस्पतालमा बे...
धनकुटाका थप चार जनामा कोरोना संक्रमण

धनकुटाका थप चार जनामा कोरोना संक्रमण

धनकुटा । धनकुटाका थप चार जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको ल्यावमा २२ जनाको पीसीआर परीक्षण गर्दा धनकुटा नगरपालिकाका एक जना र महालक्ष्मी नगरपालिकाका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुँनेमा तीन महिला र एक पुरुष छन् । धनकुटा नगरपालिका २ की ३५ बर्षीया महिलामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, महालक्ष्मी नगरपालिकाका ४५ र २७ बर्षीया महिला तथा ३० बर्षीय प...
प्रदेश १ मा थपिए ९०४ कोरोना संक्रमित

प्रदेश १ मा थपिए ९०४ कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा आज ९०४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४३१, झापामा २१४, सुनसरीमा १८०, धनकुटा र उदयपुरमा १८/१८, इलाममा ४, पाँचथर र भोजपुरमा २/२, ताप्लेजुङ, संखुवासभा र खोटाङमा १/१ र प्रदेश १ बाहिरका ३२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १४६ महिला र १६१ पुरुषसहित ३०७, लेटाङमा २७, सुन्दरहरैंचामा २१, बेलबारीमा २०, बुढीगंगामा १४, रतुवामाईमा ९,...
नेपालमा कोरोनाबाट एकैदिन २२५ जनाको मृत्यु

नेपालमा कोरोनाबाट एकैदिन २२५ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट आज एकैदिन २२५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुँनेको संख्या ४ हजार ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २१ हजार ३१६ को पीसीआर परीक्षण गर्दा ९४८३ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ । यता, पछिल्लो २४ घण्टामा ५२२५ जना संक्रमणमुक्त भएको मन्त्...
भोजपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

भोजपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

भोजपुर । भोजपुरमा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा पौवादुम्मा गाउँपालिका–१ अरुणडाँडाका ३० बर्षीय निमा दावा शेर्पा छन् । बिहान साढे १० बजे बिजुलीको लाईन बिग्रिएकाले उनी साथीहरुससँग घर छेउमा रहेको ट्रान्समिटरमा चढ्न गएका थिए । भर्याङ लगाएर ट्रान्समिटरमा चड्ने क्रममा करेन्ट लागेर करिव २५ फिट माथिबाट खस्दा घटनास्थलमै उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तिवारी भञ्ज्याङल...
ताप्लेजुङमा ढिस्कोले पुरिएर बालकको मृत्यु

ताप्लेजुङमा ढिस्कोले पुरिएर बालकको मृत्यु

सांकेतिक तस्बीर ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–७ बहानन्दे नजिकै माथिबाट अचानक झरेको ढिस्कोमा पुरिएर एक बालकको ज्यान गएको छ ।  बहानन्दे दोभान सडकखण्डमा सोमबार माथिबाट झरेको ढिस्कोमा पुरिएर मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका अन्दाजी १३ वर्षीय फुर्वा शेर्पाको ज्यान गएको हो । फुर्वा सोही स्थानमा सडक निर्माणका लागि ढुङ्गा ओसार्ने र गिट्टी कुट्ने काम गर्दै आएका आफ्ना बुबाआमासँगै गएका थिए...
कविता : आमा

कविता : आमा

नौ महिना गर्भमा राखी अनेकौं दुख र कष्टलाई हर्षमा बदली मन्ध मुस्कानमा मुस्कुराउने शक्ति भएकी देवी हुन् आमा । दिनभरिको थकान खाली पेटमा हाल्दै गरेका ती भातका गासहरुलाई झ्याप्प रोक्ने मध्य रातमा आफ्नो सन्तान च्यार च्यार रुदा जुरुक्क उठ्ने सामथ्र्य भएकी देवी हुन् आमा । आफू नखाई नखाई भोक र तिर्खा खपेर सन्तानलाई खुवाउने आफ्नो शरीरमा लगाएको फरिया र चोली ध्वार्र च्यात्ने अनि सन्त...
धनकुटाको मुलघाटमा आधुनिक फर्नेस भट्टीमा जलाउँन थालियो लास

धनकुटाको मुलघाटमा आधुनिक फर्नेस भट्टीमा जलाउँन थालियो लास

धनकुटा । धनकुटा नगरपालिका–९ मुलघाटस्थित विश्रान्तिमा आधुनिक शवदाह भट्टी (फार्नेस) मा मृतकको लास जलाउँन थालिएको छ । यसअघि तमोर नदी किनारमा दाउराले लास जलाउँने गरिएको भएपनि अहिले डिजेल प्लान्टमा लास जलाउँन थालिएको हो । पहिलो पटक गत मंगलबार हिलेका एक व्यक्तिको लास सोही ल्यान्टमा जलाइएको छ । परीक्षण सफल भएकाले अब दाउराको सट्टा डिजेल प्लान्टमै शव जलाउँन थालिएको विश्रान्ति मन्दिर व्यवस्थापन समितिका म...
कविता : आमा

कविता : आमा

कोखमा राखी जन्मायौ मलाई मेरी आमा यो सुन्दर संसार देखायौ मलाई मेरी आमा सहेर ती प्रसव पीडा रमायौ मलाई हेर्दाहेर्दै काखमा राखी दुध चुसाऊदै त्यसैले त मलाई मेरी आमा असाध्यै प्रिय लाग्छ । दिनरात स्याहार–सुसार गरेर थाकिनौ कहिल्यै ताते–ताते गरी हिड्न सिकायौ मलाई मेरी आमा बिरामी म पर्दा अतालिदै पिठ्युमा बोकेर घुमायौ त्यसैले त मलाई मेरी आमा असाध्यै प्रिय लाग्छ । मेरो सानो चोटमा पनी आ...
२०७८ बैशाख २८ गते मंगलवारको राशिफल

२०७८ बैशाख २८ गते मंगलवारको राशिफल

बि.सं.२०७८ साल बैशाख २८ गते मंगलवार ई. सं. २०२१ मे ११ नेपाल सम्बत ११४१ पोहेलागा औसी, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, बैशाख कृष्ण औसी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र सौभाग्य योग चतुष्पद करण । नेपालमा सूर्योदय बिहान ०५ः१७ बजे, सूर्यास्त साँझ ६ः४३ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सख्खर वा गुड खाएर जुनसकै दिशाको यात्र...
धनकुटामा करेन्ट लागेर बालकको मृत्यु

धनकुटामा करेन्ट लागेर बालकको मृत्यु

धनकुटा । धनकुटामा सोमबार साँझ करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । घरमै विद्युतको लाइनबाट करेन्ट लाग्दा धनकुटा नगरपालिका–५ वालमन्दिरका राजु श्रेष्ठका १० बर्षीय छोरा सन्जोक श्रेष्ठको मृत्यु भएको हो । साँझ करिब ६ः३० बजे विद्युतको लाइनबाट करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए । घाइते बालकलाई तत्काल जिल्ला अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा राती करिब ८ बजे डाक्टरले उनलाई मृत घोषित गरेका हुन...
नोबेलमा निःशुल्क कोरोना ओपीडी सेवा सञ्चालन

नोबेलमा निःशुल्क कोरोना ओपीडी सेवा सञ्चालन

विराटनगर । नोबेल शिक्षण अस्पतालले निःशुल्क कोरोना ओपीडी सेवा सञ्चालन गरेको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका व्यक्ति र होम आइसोलेशनमा बसेका संक्रमितको परीक्षणका लागि नोबेलले कोरोना ओपीडी सेवा सञ्चालन गरेको हो । पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ देखिएमा संक्रमित व्यक्ति होम आइसोलेशनमा बस्ने गर्छन् । स्वास्थ्यमा समस्या बढेमा कोभिड अस्पतालमा भर्ना गरेर उपचार गर्ने गरिन्छ । तर, कोरोनासँग ...
धनकुटाका कोरोना संक्रमित बृद्धको मृत्यु

धनकुटाका कोरोना संक्रमित बृद्धको मृत्यु

धरान । धनकुटाका कोरोना संक्रमित एक बृद्धको आज मृत्यु भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा छथर जोरपाटी गाउँपालिका–४ का ७७ बर्षीय कोरोना संक्रमित बृद्धको मृत्यु भएको हो । गत आइतबार प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका उनमा सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो । प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारकै क्रममा बिहान ११ बजे उनको मृत्यु भएको प्रतिष्ठानका सह–प्रव...
धनकुटाका थप १५ जनामा कोरोना संक्रमण पुष्टि

धनकुटाका थप १५ जनामा कोरोना संक्रमण पुष्टि

धनकुटा । धनकुटाका थप १५ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको ल्यावमा ३५ जनाको पीसीआर परीक्षण गर्दा १० पुरुष र ५ जना महिलाको रिपोर्ट पोजिटिभ आएको हो । संक्रमण पुष्टि हुँनेमा धनकुटा नगरपालिका–१ का ४६ र ५४ बर्षीय पुरुष, धनकुटा नगरपालिका–२ का ७८ बर्षीय, ७२ बर्षीय, ७८ बर्षीय, ४५ बर्षीय पुरुष र ६२ बर्षीया महिला छन् । त्यस्तै धनकुटा नगरपालिका–६ का ४१ बर्षीय पुरुष, ४५ बर्षीय पुरुष, ...
वीपी प्रतिष्ठानमा कोरोना संक्रमितको सफल शल्यक्रिया

वीपी प्रतिष्ठानमा कोरोना संक्रमितको सफल शल्यक्रिया

विराटनगर । धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित पुरुषको सफल शल्यक्रिया गरिएको छ । प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत सिराहाका ४० बर्षीय कोरोना संक्रमित पुरुष आज सफलतापूर्वक शल्यक्रिया गरिएको हो । पेट फुल्ने र दुख्ने, समस्या भएका उनमा ज्वरोसमेत आएको थियो साथै खोकी लाग्ने, वान्ता आउने समस्या भएका उनको आकस्मिक शल्यक्रिया गरिएको प्रतिष्ठानका सह–प्रवक्ता चुरामणी पो...
माधव पक्षलाई ओलीको आग्रह: अनुचित निर्णय नलिनुहोस्, असन्तुष्टि भए छलफल गरौंला

माधव पक्षलाई ओलीको आग्रह: अनुचित निर्णय नलिनुहोस्, असन्तुष्टि भए छलफल गरौंला

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हतारोमा कुनै अनुचित निर्णय नलिन माधव पक्षलाई आग्रह गरेका छन् । सामाजिक सञ्जालमा आज बिहान आफ्नो धारणा सार्वजनिक गर्दै ओलीले छलफलका माध्यमबाट समस्याको समाधानका लागि आग्रह गरेका हुन् । ‘नेकपा (एमाले) संसदीय दलका सबै माननीय सदस्यहरूलाई अवगत नै छ, प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिनको १ बजेबाट प्रतिनिधिसभाको विशे...
माधव पक्षका सांसदले राजीनामा नदिने, बैठकमा सहभागि नहुँने निर्णय

माधव पक्षका सांसदले राजीनामा नदिने, बैठकमा सहभागि नहुँने निर्णय

काठमाडौं । नेकपा एमालेको माधव कुमार नेपाल पक्षका सांसदहरु तत्काल राजीनामा नदिने पक्षमा पुगेका छन् । सिंहदरबारमा आज बिहान बसेको सो पक्षको बैठकले तत्काल राजीनामा नदिने निर्णय लिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक डाकिएको छ । तर, माधव पक्षका सांसदहरु सो बैठकमा सहभागि नहुँने भएका छन् । तत्काल राजीनामा नदिने र ओलीले विश्वासको मत लिनका ...
यो देशमा जुन जोगी आए पनि कानै चिरेका

यो देशमा जुन जोगी आए पनि कानै चिरेका

नेता, सरकार राजनीतिका बेतुकका कुरा नगर्रौ बेतुकका कुराका निम्ति समय नखर्चियौं । बरु आफू र आफ्नो परिवारको निम्ति समय खर्चियौं कोरोनाले विश्व गाँजेको छ बेतुकका गफमा जाने समयलाई उपयोग गर्रौ बरु परिवार मिलेर कोरोना महामारीसगं डटेर लडौं नाँक मुख छोपिने गरी मास्क लगाऔं सामाजिक दुरी कायम गरौं, सेनिटाईजरको प्रयोग गरौं साबुन पानीले बारम्बार हात धोऔं, कोरोना लागि हाले डाक्टरसँग परामर्श गरौ...
बेलबारीमा अक्सिजनसहितको आइसोलेशन सेन्टर निर्माण

बेलबारीमा अक्सिजनसहितको आइसोलेशन सेन्टर निर्माण

फायल तस्बीर विराटनगर । मोरङको बेलबारी नगरपालिकाले अक्सिजनसहित १५ बेडको आइसोलेशन तयार गरेको छ । बेलबारी–२ मा रहेको बागदेवि सामुदायिक बन उपभोक्ता समूहको भवनमा नगरपालिकाले आइसोलेशन तयार गरेको हो । नगरपालिकाले यस अघि पहिलो चरणको कोरोना संक्रमणका बेला पनि आइसोलेशन सञ्चालनमा ल्याएको थियो । नगरको पहिलो प्राथमिकता स्वास्थ्य रहेको र स्वस्थ्य भएर मात्र बाँकी कुरा सोच्न सक्ने भएकाले आइसोलेशन निर्माण गरिएको...
२०७८ बैशाख २७ गते सोमवारको राशिफल

२०७८ बैशाख २७ गते सोमवारको राशिफल

बि.सं.२०७८ साल बैशाख २७ गते सोमवार ई. सं. २०२१ मे १० नेपाल सम्बत ११४१ पोहेलागा चतुर्दशी, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, बैशाख कृष्ण चतुर्दशी, चन्द्रमा मेष राशिमा, अश्विनी नक्षत्र आयुष्मान योग गर विष्टि वा भद्रा करण । नेपालमा सूर्योदय बिहान ०५ः१७ बजे, सूर्यास्त साँझ ६ः४२ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शर...
महालक्ष्मी नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द

महालक्ष्मी नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाको कार्यालयसहित सबै वडा कार्यालयबाट प्रवाह हुँने अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गरिने भएको छ । कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि बैशाख २७ गतेदेखि जेठ २ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ । कोरोना भाइरस (कोभिड–१९) सम्बन्धि पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धि आवश्यक व्यवस्था गर्न गठित समन्वय समितिको ...
धनकुटाकी २४ बर्षीया कोरोना संक्रमित सुत्केरी महिलाको मृत्यु

धनकुटाकी २४ बर्षीया कोरोना संक्रमित सुत्केरी महिलाको मृत्यु

विराटनगर । धनकुटाकी २४ बर्षीया कोरोना संक्रमित सुत्केरी महिलाको उपचारका क्रममा आज मृत्यु भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा धनकुटा नगरपालिका–८ टेकुनालाकी कोरोना संक्रमित सुत्केरी महिलाको मृत्यु भएको हो । बैशाख २१ गते नोबेल अस्पताल भर्ना भएकी उनको उपचारका क्रममा दिउँसो २ः३० बजे मृत्यु भएको नोबेल अस्पतालका प्रवन्धक नारायण दाहालले संगालोखबरलाई जानकारी दिए । ‘कोरोना संक्रम...
प्रदेश १ मा थपिए ७६० कोरोना संक्रमित

प्रदेश १ मा थपिए ७६० कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा आज ७६० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३७७, झापामा १२०, सुनसरीमा ७९, उदयपुरमा ४३, ताप्लेजुङमा ३६, तेह्रथुममा ३०, पाँचथरमा ६, इलाममा ४, भोजपुरमा ३, संखुवासभा र धनकुटामा २/२, र प्रदेश १ बाहिरका ५८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ११८ महिला र १५४ पुरुषसहित २७२, सुन्दरहरैंचामा ३६, उर्लाबारीमा १८, पथरीशनिश्चरेमा १०, कटहरीमा ९...
धनकुटामा निःशुल्क बाँढ्न थालियो मास्क

धनकुटामा निःशुल्क बाँढ्न थालियो मास्क

धनकुटा । कोरोना संक्रमण रोकथामका लागि धनकुटा बजारमा आइतवारदेखि निःशुल्क मास्क वितरण गर्न थालिएको छ । परिचयमोडस्थित सुभाष मेडिकल एण्ड डाइग्नोस्टीक सेन्टरसँगको सहकार्यमा पूर्व प्रहरी संस्थाले मास्क वितरण थालेको हो । मदनचौकमा डेस्क स्थापना गरेर निःशुल्क मास्क वितरण भइरहेको छ । आयोजक संस्थाका प्रतिनिधि र सुभाष मेडिकलका स्वास्थ्यकर्मीहरुले बजारमा हिड्नेहरुका हातमा सेनिटाइजर छर्किएर मास्क प्रदान गर्न...
झापाको बिएण्डसीमा कोरोना संक्रमितको उपचारका लागि २०० शय्या सञ्चालन

झापाको बिएण्डसीमा कोरोना संक्रमितको उपचारका लागि २०० शय्या सञ्चालन

झापा । झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालले कोभिड–१९ का बिरामीलाई उपचार गर्न  आजदेखि २०० श्यया सञ्चालनमा ल्याएको छ । प्रदेश १, प्रदेश २ सहित देशका अन्य भागबाट ‘हवाई बेड लिफ्ट’ गरी कोभिडका सङ्क्रमितलाई धमाधम बिएण्डसी पुर्याउने क्रम जारी रहेपछि अस्पतालले श्यया थप गरेको हो । सङ्क्रमितलाई उपचार गर्न सो सङ्ख्यामा श्यया सञ्चालनमा आएको  अस्पतालद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा भनिएक...
error: Content is protected !!