संगालोखबर सम्वाददाता

इटहरी । इटहरीमा अक्सिजनसहित ५० शैयाको आइसोलेशन सेन्टर सञ्चालन गरिएको छ । इटहरी उपमहानगरले ३० शैया पुरुषका लागि र २० शैया महिलाका लागि छुट्टा छुट्टै ब्लकमा व्यवस्था गरेर आइसोलशन सञ्चालनमा ल्याएको हो ।

Advertisement

आज बेलुकादेखि कोरोना संक्रमित बिरामी राखेर आइसोलशन सञ्चालनमा ल्याइएको महानगरका उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिइन् । उनका अनुसार अक्सिजन नेवुलाइजरसहितको आइसोलेशन सेन्टरमा २४ घण्टै स्वास्थ्यकर्मी बस्नेछन् ।

स्वास्थ्य मन्त्रालयले तयार पारेको मापदण्ड वमोजिमको गुणस्तरीय खानाको व्यवस्थासमेत गरिएको प्रमुख प्रशासकीय अधिकृत सूर्य प्रसाद सुवेदीले जानकारी दिए । इटहरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. योगेश चेम्जोङले आइसोलेशन सेन्टर व्यवस्थित रहेको दाबी गरेका छन् । बिरामीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएमा स्वास्थ्यकर्मीसहित स्टेण्डवाइ रहने एम्बलेन्समार्फत बिरामीलाई उपचारका लागि अन्य अस्पताल लगिने डा. चेम्जोङले बताए ।

इटहरी ९ स्थित रंगशालामा गत बर्ष पनि आइसोलेशन सञ्चालन गरिएको थियो । आइसोलेशनमा स्नानगृह, शौचालय, खानेपानी, वाइफाइकोसमेत सुविधा छ । आइसोलेशनको सुरक्षा नेपाली सेनाले दिने छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!