संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाका थप चार जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको ल्यावमा २२ जनाको पीसीआर परीक्षण गर्दा धनकुटा नगरपालिकाका एक जना र महालक्ष्मी नगरपालिकाका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Advertisement

संक्रमण पुष्टि हुँनेमा तीन महिला र एक पुरुष छन् । धनकुटा नगरपालिका २ की ३५ बर्षीया महिलामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, महालक्ष्मी नगरपालिकाका ४५ र २७ बर्षीया महिला तथा ३० बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको धनकुटा अस्पतालका सूचना अधिकारी राजनप्रसाद पोखरेलले जानकारी दिए ।

महालक्ष्मी नगरपालिकाका संक्रमित एक महिला नगरकै कर्मचारी हुन् भने एक पुरुष र एक महिला प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत छन् ।

महालक्ष्मी नगरबाट ३२ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि ल्याइएको थियो । परीक्षण गरिएका मध्ये ८ जनाको रिपोर्ट ‘इरर’ आएकाले पुनः परीक्षण भइरहेको बताइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!