संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाका थप १५ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको ल्यावमा ३५ जनाको पीसीआर परीक्षण गर्दा १० पुरुष र ५ जना महिलाको रिपोर्ट पोजिटिभ आएको हो ।

Advertisement

संक्रमण पुष्टि हुँनेमा धनकुटा नगरपालिका–१ का ४६ र ५४ बर्षीय पुरुष, धनकुटा नगरपालिका–२ का ७८ बर्षीय, ७२ बर्षीय, ७८ बर्षीय, ४५ बर्षीय पुरुष र ६२ बर्षीया महिला छन् । त्यस्तै धनकुटा नगरपालिका–६ का ४१ बर्षीय पुरुष, ४५ बर्षीय पुरुष, १३ बर्षीय बालक, ३१ बर्षीया महिला, ३३ बर्षीया महिला, ४० बर्षीया महिला र १० बर्षीया बालिकामा संक्रमण पुष्टि भएको जिल्ला अस्पतालका सूचना अधिकारी राजनप्रसाद पोखरेलले जानकारी दिए । छथर जोरपाटी गाउँपालिका–६ का ६० बर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ ।

योसँगै जिल्ला अस्पतालको ल्यावमा गरिएको परीक्षणका आधारमा धनकुटामा दोस्रो चरणको कोरोना संक्रमण पुष्टि हुँनेको संख्या ८७ पुगेको छ । जसमध्ये १३ जना संक्रमित निको भइसकेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!