धरान । धनकुटाका कोरोना संक्रमित एक बृद्धको आज मृत्यु भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा छथर जोरपाटी गाउँपालिका–४ का ७७ बर्षीय कोरोना संक्रमित बृद्धको मृत्यु भएको हो ।
गत आइतबार प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका उनमा सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो । प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारकै क्रममा बिहान ११ बजे उनको मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. चुरामणी पोखरेलले जानकारी दिए ।
यसअघि हिजो पनि धनकुटा नगरपालिका–८ टेकुनालाकी २४ बर्षीया कोरोना संक्रमित सुत्केरी महिलाको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको थियो । योसँगै कोरोना संक्रमित धनकुटाका मृतकको संख्या १४ पुगेको छ ।