संगालोखबर सम्वाददाता

खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिका–५ घोर्लेस्थित तारेभिरमा टेम्पु दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । चार जना घाइते भएका छन् ।

Advertisement

मंगलबार बिहान १० बजे घोर्लेबाट बिरामी बोकेर चिसापानी जाँदै गरेको लु. १ स. ०३५० नम्बरको टेम्पु तारेभिरबाट ५ सय मिटर तल खसेको हो । दुर्घटनामा परी सोही स्थानका १३ बर्षीय गोकुल परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी परियार गम्भीर घाइते भएका थिए । उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा बेलुका ५ बजे बाटैमा उनको मत्यु भएको हो ।

दुर्घटनामा परी टेम्पु चालक जेन्तेढुंगा ४ का ३३ बर्षीय जिवन राई, चालक राइका छोरा ७ महिनाको जर्मन राई, जेन्तेढुंगा ५ का १६ बर्षीय मणिराम राई, सोही स्थानका ६५ बर्षीय रत्न बहादुर राई घाइते भएका छन् । घाईते मणिरामको अवस्था सामान्य छ । स्थानीय स्वास्थ्य केन्द्रमा उनको उपचार भइरहेको छ । बाकी घाइतेलाई घोपा पठाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!