विराटनगर । प्रदेश १ मा आज ७६० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३७७, झापामा १२०, सुनसरीमा ७९, उदयपुरमा ४३, ताप्लेजुङमा ३६, तेह्रथुममा ३०, पाँचथरमा ६, इलाममा ४, भोजपुरमा ३, संखुवासभा र धनकुटामा २/२, र प्रदेश १ बाहिरका ५८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा ११८ महिला र १५४ पुरुषसहित २७२, सुन्दरहरैंचामा ३६, उर्लाबारीमा १८, पथरीशनिश्चरेमा १०, कटहरीमा ९, बेलबारीमा ८, लेटाङ र बुढीगंगामा ४/४, ग्रामथान र मिक्लाजुङमा ३/३, केराबारी, रंगेली र धनपालथानमा २/२, रतुवामाई, कानेपोखरी, जहदा र स्थानीय तह नखुलेका १/१ जनामा संक्रमण देखिएको छ । त्यस्तै झापाको दमकमा ५१, मेचीनगरमा २०, अर्जुनधारामा १०, भद्रपुरमा ९, कमल गाउँपालिका र स्थानीय तह नखुलेको ७/७ शिवसताक्षी, गौरादह, बुद्धशान्ति र विर्तामोडमा ३/३, बाह्रदशीमा २, कचनकवल र झापा गाउँपालिकामा १/१ जना संक्रमित भएका छन् ।
यता, सुनसरीको इटहरीमा १८, इनरुवामा १४, धरानमा ११, बर्जुमा ९, दुहवीमा ७, बराहक्षेत्र र हरिनगरमा ४/४, गढी, रामधुनी र देवानगञ्जमा ३/३, कोशी गाउँपालिकामा १, स्थानीय तह नखुलेका २ जनामा संक्रमण भेटिएको हो । त्यसैगरी उदयपुरको बेलकामा ३९, त्रियुगामा ३, स्थानीय तह नखुलेका १, ताप्लेजुङको फुङलिङमा ३२, मेरिङदेन, मिक्वाखोला, सिदिङ्वा र पाथीभरा याङवरकमा १/१, तेह्रथुमको म्याङलुङमा २९, मेन्छयायेममा १, पाँचथरको फालेलुङमा ५, कुम्मायकमा १ , इलामको इलाम नगरपालिकामा २, सुर्योदय र चुलाचलुीमा १/१, भोजपुरमा ३, संखुवासभाको खाँदबारीमा २, धनकुटाको छथर र महालक्ष्मीमा १/१ र प्रदेश १ बाहिरका ५८ जनामा संक्रमण देखिएको छ ।
योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३७ हजार ९८३ पुगेको छ । जसमध्ये ३० हजार २३२ संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ७ हजार १९४ पुगेको छ । प्रदेश १ मा आज १ हजार ४२३ जनाको पीसीआर परीक्षण गरिएको हो । परीक्षण गरिएका मध्ये ३४६ महिला र ४१४ पुरुषको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ ।