संगालोखबर सम्वाददाता

संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिका–३ पुखुवामा निर्माणाधिन अरुण तेस्रो जलबिद्युत आयोजनाको सुरुङभित्र ढुङ्गा खस्दा आज एक कामदारको मृत्यु भएको छ । आयोजनाको म्याट वान पावर हाउसको सुरुङभित्र ब्लाष्टिङ लोड गर्ने क्रममा माथीबाट ढुङगा (लुज) खस्दा शुक्लाफाँट नगरपालिका–१२ कन्चनपुरका ३७ बर्षीय कृष्ण रानाको मृत्यु भएको हो ।

Advertisement

बिहान साढे ८ बजे सुरुङभित्र काम गरिरहेको अवस्था ढुङगा खस्दा रानाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सोही ढुङ्गाले लाग्दा अर्का कामदार ५० बर्षीय मिठु रानासमेत घाइते भएका छन् । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!