ओखलढुंगा । ओखलढुङ्गामा घाँस काट्न जाँदा लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा मोलुङ गाउँपालिका–५ लिस्पुका ६५ बर्षीय युवराज नेपाल छन् ।
मंगलबार बिहान ६ बजे उनी घरबाट गढी जंगलमा घाँस काट्न भनेर गएका थिए । उनी अबेरसम्म पनि घर नफर्किएपछि परिवारले खोजी गर्दा बाटोदेखि करिव २५ मिटर तल लडेर घाइते भएको अवस्थामा फेला पारेका थिए ।
उनलाई घरमा ल्याएर उपचारका लागि अस्पताल लैजाने तयारी गर्दा गर्दै उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बरुणेश्वरले जनाएको छ । प्रहरीका अनुसार घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।