विराटनगर । प्रदेश १ मा आज ९०४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४३१, झापामा २१४, सुनसरीमा १८०, धनकुटा र उदयपुरमा १८/१८, इलाममा ४, पाँचथर र भोजपुरमा २/२, ताप्लेजुङ, संखुवासभा र खोटाङमा १/१ र प्रदेश १ बाहिरका ३२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा १४६ महिला र १६१ पुरुषसहित ३०७, लेटाङमा २७, सुन्दरहरैंचामा २१, बेलबारीमा २०, बुढीगंगामा १४, रतुवामाईमा ९, उर्लाबारीमा ८, पथरीशनिश्चरेमा ७, ग्रामथान र जहदामा ४/४, स्थानीय तह नखुलेका ३, कटहरी, कानेपोखरी र धनपालथानमा २/२ र मिक्लाजुङमा १ जनामा संक्रमण देखिएको हो । त्यस्तै झापाको भद्रपुरमा ५७, मेचीनगरमा २६, विर्तामोडमा २५, दमकमा २३, बुद्धशान्ति र अर्जुनधारामा १८/१८, कनकाईमा १६, हल्दिबारीमा १०, कचनकवलमा ९, शिवसताक्षी र कमल गाउँपालिकामा ३/३, बाह्रदशी, गौरादह र स्थानीय तह नखुलेका २/२ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ ।
यता, सुनसरीको धरानमा ८५, इटहरीमा ६०, इनरुवा र रामधुनीमा ८/८, दुहवी र बराहक्षेत्रमा ५/५, स्थानीय तह नखुलेका ३, गढी र कोशी गाउँपालिकामा २/२, बर्जु र देवानगञ्जमा १/१ जनामा संक्रमित थपिएका छन् । त्यस्तैगरी धनकुटाको धनकुटा नगरपालिकामा १५, छथरमा १ र स्थानीय तह नखुलेका २, उदयपुरको कटारीमा १३, बेलका र त्रियुगामा १/१ र स्थानीय तह नखुलेका ३, इलामको इलाम, सुर्योदय, चुलाचुली र रोङमा १/१, पाँचथरको स्थानीय तह नखुलेका २, भोजपुरको अरुण र स्थानीय तह नखुलेका १/१, ताप्लेजुङको फक्ताङलुङ, संखुवासभाको मादी र खोटाङको खोटेहाङमा १/१ र प्रदेश १ बाहिरका ३२ जनामा संक्रमण देखिएको हो ।
योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३९ हजार ८२४ पुगेको छ । जसमध्ये ३० हजार ३५९ संक्रमणमुक्त भएका छन् । आज ५५ जना संक्रमित संक्रमणमुक्त भएका हुन् । सक्रिय संक्रमितको संख्या ८ हजार ८८२ पुगेको छ । प्रदेश १ मा आज १ हजार ८०० जनाको पीसीआर परीक्षण गरिएको हो । परीक्षण गरिएका मध्ये ४०१ महिला र ५०३ पुरुषको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ ।