- संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

कास्की । कास्कीमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । पोखराबाट घान्द्रुक जाँदै गरेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप घान्द्रुकको कलाभीरबाट मोदी खोलामा खसेको हो ।

दुर्घटनामा परी जीपका चालकसहित ८ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकहरुको सनाखत हुँन वाँकी छ । जीपमा ९ जना सवार थिए । १ जना भने भीरमा अड्किएर बाँचेका छन् ।

दशैंका बेला घान्द्रुक घुम्न जाँदै गरेका बेला जीप दुर्घटनामा परेको हो । घान्द्रुक जानका लागि सो जीप सोमबार दिउँसो २ बजे पोखराबाट छुटेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!