- संगालोखबर सम्वाददाता
फायल तस्बीर

नुवाकोट । नुवाकोटमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई प्रक्राउ गरेको छ । लिखु गाउँपालिका–४ चौघडा रानिबासकी ३२ वर्षीया सुशिला राईको हत्या आरोपमा उनका श्रीमान ३५ वर्षीय राजकुमार राई पक्राउ परेका हुन् ।

घरायसी विवादका क्रममा राजकुमारले सुशिलामाथि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट उनी गंभीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल त्रिशुली पठाइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

घटनाको जानकारी पाएपछि घटनास्थल पुगेर प्रहरीले राजकुमारलाई नियन्त्रणमा लिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!