- संगालोखबर सम्वाददाता

काठमाडौं । नेपालीहरुको महान चाड बडादशैंको आठौं दिन आज महाअष्टमी मनाइदैछ । आश्विन शुक्ल अष्टमीका दिन महाअष्टमी मनाइन्छ । दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरूपमा महाअष्टमी मनाउँने चलन छ ।

महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ । आजको दिन शास्त्रसम्मतरूपमा दसैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ ।

दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ । शक्तिपिठहरु र घरघरमा पनि पशुबली दिएर महाअष्टमी मनाइन्छ । बलीसहित पूजा गर्नका लागि देशका बिभिन्न शक्तिपिठहरुमा बिहानैदेखि भीड लाग्ने गरेको छ ।

पशु बलि नचढाउनेहरुले पूजा कोठामा आ–आफ्नो कूल परम्पराअनुसार काँक्रो, घिरौंला, कुभिण्डो, मूला, नरिवल लगायतको बलि चढाई पूजाआजा गर्ने प्रचलन छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!