नोबेलमा पूर्वका छ अस्पतालका चिकित्सक र नर्शलाई बाल सघन उपचार सम्बन्धि तालिम

नोबेलमा पूर्वका छ अस्पतालका चिकित्सक र नर्शलाई बाल सघन उपचार सम्बन्धि तालिम

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा पूर्वी नेपालका छ वटा अस्पतालमा कार्यरत चिकित्सक र नर्शहरुलाई वाल सघन उपचार सम्बन्धि तालिम दिइएको छ । विश्व स्वास्थ्य संगठनको आर्थिक सहयोगमा नेपाल पेडियाटिक सोसाइटीसँग सहकार्य गरेर राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले चार दिने तालिम आयोजना गरेको हो । तालिममा नोबेल, कोशी, मेची, विराट, बीपी र लिली चिल्ड्रेन अस्पतालका बच्चा सम्बन्धि १६ जना डाक्टर र नर्...
दुहबीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दुहबीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी । सुनसरीको दुहबी नगरपालिका–३ स्थित कोशी राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरहरैँचा नगरपालिका–८ का ४५ बर्षीय लक्ष्मि प्रसाद लुईटेल छन् । विराटनरबाट ईटहरीतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको एनएल ०२ क्यू ०१३४ नम्बरको ग्याँस बोक्ने ट्रकले सोही दिशातर्फ जाँदै गरेको को १० प २६८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट घटनास्थलमै लुई...
संखुवासभामा ट्याक्टर पल्टिँदा चालकको मृत्यु, सह–चालक घाइते

संखुवासभामा ट्याक्टर पल्टिँदा चालकको मृत्यु, सह–चालक घाइते

संखुवासभा । संखुवासभाको खादबारी नगरपालिका–२ चेवा स्कूल छेउको भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सह–चालक घाइते छन् । दुर्घटनामा परी खादबारी–५ लेलुवाका २५ बर्षीय चालक मणी तामाङको मृत्यु भएको हो । सोही स्थानका सह– चालक १९ बर्षीय महेन्द्र तामाङ घाइते भएका हुन् । गएराती सवा ८ बजे चेवाबाट चारबरतर्फ जाँदै गरेको प्र १०२००३ त १२२४ नम्बरको खाली ट्याक्टर अनियन्त्रीत भई सडकद...
२०७८ असोज २२ गते शुक्रवारको राशिफल

२०७८ असोज २२ गते शुक्रवारको राशिफल

ई.सं.२०२१ अक्टोबर ८ नेपाल सम्बत ११४१ कौलाथ्व असोज शुक्ल द्धितीया राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, शरद ऋतु, असोज शुक्ल द्धितीया तिथी, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, विषकुम्भ योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ६ बजे, सूर्यास्त साँझ ५ः४२ बजे हुनेछ । आज जन्म लिने बच्चाको तुला राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ ...
धनकुटामा मोवाइल एक्सचेन्ज मेला, भाग्यशाली ग्राहकलाई २५ हजार पुरस्कार

धनकुटामा मोवाइल एक्सचेन्ज मेला, भाग्यशाली ग्राहकलाई २५ हजार पुरस्कार

धनकुटा । दशैंको अवसर पारेर धनकुटाको हुलाकटोलस्थित ओम साई इलेक्ट्रोनिक्सले मोवाइल एक्सचेन्ज मेला सञ्चालन गरेको छ । बिभिन्न स्किमहरुसहित तिहारसम्मका लागि एक्सचेन्ज मेला सञ्चालन गरिएको हो । एक्सचेन्ज मेलामा जुनसुकै पुरानो मोवाइल ल्याएर त्यसको उचित मूल्यांकन गरी रकम थपेर अर्को मोवाइल लैजान पाइने ओम साई इलेक्ट्रोनिक्सका सञ्चालक रिदम श्रेष्ठले जानकारी दिए । ‘दशैंको अवसर पारेर हामीले बिभिन्न आकर्षक स्...
नक्कली नोटको कारोवार गर्ने ७ जना पक्राउ, यस्तो छ धनकुटादेखि काठमाडौंसम्मको ‘कनेक्सन’

नक्कली नोटको कारोवार गर्ने ७ जना पक्राउ, यस्तो छ धनकुटादेखि काठमाडौंसम्मको ‘कनेक्सन’

धनकुटा । धनकुटा प्रहरीले नक्कली नोटको कारोवारमा संलग्न ७ जनालाई पक्राउ गरेको छ । असोज ११ गते मुलघाटबाट २८ हजार नक्कली नोटसहित दुई युवा पक्राउ परेपछि उनीहरुको सञ्जाल पहिल्याउँने क्रममा प्रहरीले धनकुटा, सुनसरी र काठमाडौंबाट थप पाँच जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनकुटा नगरपालिका–१ का २६ बर्षीय विशाल तामाङ्ग, ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ घर भई हिले बस्दै आएका २६ बर्षीय छितेन त...
कानेपोखरीले वितरण गरेको पावर टिलरमा विभेद भएको माओवादी केन्द्रको दाबी

कानेपोखरीले वितरण गरेको पावर टिलरमा विभेद भएको माओवादी केन्द्रको दाबी

  कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले कृषकलाई अनुदानमा वितरण गरेको पावर टिलर भेदभावपूर्ण भएको भन्दै माओवादीले आपत्ति जनाएको छ । नेकपा माओवादी केन्द्र कानेपोखरी गाउँपालिकाका संयोजक मनोज राजवंशीले बिहीबार एक विज्ञप्ति जारी गर्दै एमाले पार्टीका नेता तथा कार्यकर्ता, गाउँपालिकाका पदाधिकारीका आफन्तहरुलाई केन्द्रीत गरेर अनुदान वितरण गरिएको उल्लेख गरेका छन् । गाउँपालिकाले १५ वटा पावर टिलर...
सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

विराटनगर । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो । आज छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको मूल्य पनि तोलामा ५०० रुपैयाँले बढेर ८९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि बढेको ...
मुख्यमन्त्री आचार्यले दिए दशैंको शुभकामना, स्वास्थ्य सम्बन्धि मापदण्ड अपनाउँन आग्रह

मुख्यमन्त्री आचार्यले दिए दशैंको शुभकामना, स्वास्थ्य सम्बन्धि मापदण्ड अपनाउँन आग्रह

विराटनगर । नेपालीहरूको महान चाड वडा दसैं २०७८ को अवसरमा प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई शुभकामना दिएका छन् । विहीबार शुभकामना सन्देश जारी गदैं मुख्यमन्त्री आचार्यल दसैं पर्वले अन्याय, अत्याचार अन्त्य गर्दै सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने बताएका हुन् । उनले कोभिड–१९ को महामारीले स्वास्थ्यमा ठूलो चुनौती पनि थपिएको भन्दैं ...
सुरु भयो बडादशैं, आज घटस्थापना

सुरु भयो बडादशैं, आज घटस्थापना

विराटनगर । नेपालीहरुको महान चाड बडादशैं आजदेखि सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले बिहान ११ बजेर ४६ मिनेटमा घटस्थापनाको साइत निर्धारण गरेको छ । १० दिनसम्म धुमधामपूर्वक मनाइने दसैंको पहिलो दिन घटस्थापना गरिन्छ । घडाको मुखमा भगवान विष्णु, गलामा महादेव, मूलमा ब्रह्मा तथा मध्य भागमामा देवी शक्तिको निवास मानेर सोही अनुसार पूजा गर्ने चलन छ । आज बिहानै नित्यकर्म सकेर गाईको गोबरले पुजा कोठा अ...
इटहरीमा ट्रकको ठक्करबाट स्कुटीमा सवार दुई जनाको मृत्यु

इटहरीमा ट्रकको ठक्करबाट स्कुटीमा सवार दुई जनाको मृत्यु

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१६ लायन्स चौकस्थित पूर्व–पश्चिम लोकमार्गमा ट्रकको ठक्करबाट स्कुटीमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटी चालक ईनरुवा नगरपालिका–२ का २५ बर्षीय सुसान्त भट्टराई र स्कुटीमा सवार संखुवासभाको चिचिला गाउँपालिका–२ का २० बर्षीय बिबिसन बि.क. छन् । गएराती सवा ११ बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख ५६८१ नम्बरको ट्रकले बिपरित दिशाबाट जाँदै गरेको क...
छोरी जन्माउने आमालाई सम्मान

छोरी जन्माउने आमालाई सम्मान

काभ्रे । नमोबुद्ध नगरपालिकामा छोरी जन्माउने आमालाई प्रोत्साहनस्वरुप नगदसहित सम्मान गरिएको छ । स्वास्थ्य संस्थामार्फत सुत्केरी भई छोरी जन्माएका आमालाई प्रोत्साहनस्वरुप विभिन्न शीर्षकमा नगदसहित सम्मान गरिएको हो । गत साउन १ देखि यही असोज १४ गतेसम्मको अवधिमा छोरीलाई जन्म दिने तथा स्वास्थ्य संस्थामा सुत्केरी हुने १४ आमालाई सम्मानसहित नगद प्रदान गरिएको छ । वडा नं ९ को सहयोगमा दाप्चा स्वास्थ्यचौकीले न...
२०७८ असोज २१ गते बिहीवारको राशिफल

२०७८ असोज २१ गते बिहीवारको राशिफल

बि.सं. २०७८ साल असोज २१ गते बिहीवार ई.सं.२०२१ अक्टोबर ७ नेपाल सम्बत ११४१ कौलाथ्व असोज शुक्ल प्रतिपदा राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, शरद ऋतु, असोज शुक्ल प्रतिपदा तिथी, चन्द्रमा कन्या राशिमा, चित्रा नक्षत्र, वैधृति योग, बव करण । नेपालमा सूर्योदय बिहान ५ः५९ बजे, सूर्यास्त साँझ ५ः४३ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर ज...
धनकुटाका पाँच दलले संयुक्त रुपमा गरे शुभकामना आदान–प्रदान

धनकुटाका पाँच दलले संयुक्त रुपमा गरे शुभकामना आदान–प्रदान

धनकुटा । नजिकिदै गरेका चाडपर्वहरुको अवसरमा संयुक्त लोकतान्त्रिक गठबन्धनले धनकुटामा शुभकामना आदानप्रदान गरेको छ । गठबन्धनसम्बद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले सामुदायिक भवनमा संयुक्त रुपमा कार्यक्रम आयोजना गरेर शुभकामना आदान–प्रदान गरेका हुन् । दशैं, तिहार, छठ, नेपाल सम्बत्, मंसिरे चाड, वाडङ्मी र ल्योहार पर्वको अवस...
अष्ट्रेलिया पठाइदिने भन्दै १२ लाख ठगी गर्ने विराटनगरका निरौला पक्राउ

अष्ट्रेलिया पठाइदिने भन्दै १२ लाख ठगी गर्ने विराटनगरका निरौला पक्राउ

काठमाडौं । अष्ट्रेलिया पठाइदिन्छु भनेर १२ लाख रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौंको नयाँ बानेश्वरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । क्विन्सल्याण्ड एजुकेशन फाउण्डेशन प्रालिको सञ्चालक रहेको बताउने विराटनगरका ४१ बर्षीय मणि निरौलालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । निरौलाले म्याग्दी घर भई टोखा नगरपालिका बस्दै आएका २४ वर्षीय सुजन खत्रीलाई अध्ययनका लागि डिपेन्डेन्ट भिसामा अष्ट्रे...
पानीबाट उपचार गर्ने नेपालकै पहिलो अस्पताल बन्दै

पानीबाट उपचार गर्ने नेपालकै पहिलो अस्पताल बन्दै

म्याग्दी । म्याग्दीको प्रसिद्ध तातोपानी कुण्डलाई व्यवस्थापन र प्रयोग गरी सिङ्गा तातोपानीमा नेपालकै पहिलो ‘पानीबाट उपचार गर्ने अस्पताल’ निर्माण गरिने भएको छ । प्राकृतिक चिकित्सालयका नामले चर्चित बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्डको पानी प्रयोग गरेर प्राकृतिक चिकित्सालय सञ्चालनको तयारी थालिएको छ । तातोपानी कुण्डको व्यवस्थापन, प्रचारप्रसार र विकासका लागि सक्रिय रहेको तातोपानी कुण्ड व्यवस्थापन स...
धनकुटाको पाख्रीवासमा गुडिरहेको बसबाट खस्दा सह-चालकको मृत्यु

धनकुटाको पाख्रीवासमा गुडिरहेको बसबाट खस्दा सह-चालकको मृत्यु

धनकुटा । धनकुटाको पाख्रीवासमा बुधबार बिहान गुडिरहेको बसबाट खस्दा सहचालकको मृत्यु भएको छ । भोजपुरबाट धरानतर्फ जाँदै गरेको बा.२ ख ५८४० नम्बरको बसबाट खसेर सोही बसका सह–चालक भोजपुर नगरपालिका–११ आम्तोकका १७ बर्षीय धनबहादुर पाठकको मृत्यु भएको हो । बिहान करिब १० बजे पाख्रीवास–४ रिनटिन डाँडामा गुडिरहेको बसको ढोकाबाट खस्दा सह–चालक पाठक गम्भीर घाइते भएका थिए । उपचारका लागि जिल्ला अस्पताल धनकुटा ल्याउँदै ...
चौबिसे गाउँपालिकाले बाँढ्न थाल्यो रङ्गिन जस्तापाता

चौबिसे गाउँपालिकाले बाँढ्न थाल्यो रङ्गिन जस्तापाता

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाले फुसको छानारहित गाउँपालिका निर्माण गर्ने अभियान अन्तरगत रङ्गिन जस्तापाता वितरण गर्न थालेको छ । नेपाल सरकारको सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत स्थानीय सरकारले सो अभियान शुरु गरेको हो । अभियान अन्तरगत चौबिसे गाउँपालिकाले वडा नं. ५ को बोधेमा ७० घर परिवारलाई रङ्गिन जस्तापाता वितरण गरेको छ । सो वडाका फुसको छाना भएका घरपरिवारलाई गाउँपालिकाका अध्यक्ष खजिन्द्र...
सीमा नाकामा भीडभाड : बढ्यो कोरोनाको जोखिम

सीमा नाकामा भीडभाड : बढ्यो कोरोनाको जोखिम

काठमाडौं । कोरोना महामारीमा बन्द गरिएका नेपाल–भारत सीमा नाका दशैँ नजिकिएसँगै खुला गरिएका छन् । भारततर्फका १५ भन्दा बढी नाका खुला भएसँगै दैनिक उपभोग्य वस्तुको किनमेल र दशैँमा घर फर्कनेहरूको ताँती सीमा क्षेत्रमा लागेको छ । सीमा क्षेत्रमा बढ्दो भीडभाडले कोरोना जोखिमसमेत बढाएको छ । यद्यपि, सरकारले कोरोना जोखिमलाई ध्यानमा राख्दै सीमा क्षेत्रमा प्राथमिकतासाथ कोरोना परीक्षणलाई समेत तयारी अवस्थामा राखे...
भीड थामिनसक्नु, भाउ छोइनसक्नु

भीड थामिनसक्नु, भाउ छोइनसक्नु

काठमाडौं । नेपालीको महान् चाड दसैं भोलि सुरु हुँदै छ। दसैं भन्नेबित्तिकै मीठो खाने, राम्रो लगाउने भन्ने बुझाइ छ। यो बेला आर्थिक स्तरअनुसार भान्सामा परिकार पाक्छन्। तर, दसैंको भान्सा बर्सेनि अरू बेलाभन्दा शतप्रतिशत महँगिँदै आएको छ। बजारमा खाद्यान्न, तरकारी, फलफूलदेखि लत्ताकपडासम्मको मूल्य अत्यधिक बढ्ने गरेको छ। ‘दसैंमा अरू बेलाभन्दा बढी पैसा खर्च हुन्छ। ऋणधन गरेर भए पनि यो पर्व मनाउने चलन छ’, पू...
२०७८ असोज २० गते बुधवारको राशिफल

२०७८ असोज २० गते बुधवारको राशिफल

ई.सं.२०२१ अक्टोबर ६ नेपाल सम्बत ११४१ ञंलागा असोज कृष्ण औँशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, शरद ऋतु, असोज कृष्ण औँशी तिथी, चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, ब्रम्हा योग, चतुष्पद करण । नेपालमा सूर्योदय बिहान ५ः५८ बजे, सूर्यास्त साँझ ५ः४४ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेप...
‘विज्ञापनको कमिसनले सरकारी कर्मचारी मालामाल, मिडिया मारमा’

‘विज्ञापनको कमिसनले सरकारी कर्मचारी मालामाल, मिडिया मारमा’

विराटनगर । विराटनगरका पत्रकारहरुले सरकारी सूचना तथा विज्ञापन सञ्चारमाध्यममा प्रकाशन/प्रशारण गर्दा सञ्चारमाध्यमले पाउँने भन्दा बढी रकम सरकारी कर्मचारीले कमिसन बापत लिने गरेकाले सञ्चारक्षेत्र मारमा परेको गुनासो गरेका छन् । सरकारी कर्मचारीले विज्ञापनको कमिसनमा मोलमोलाई गर्ने र कमिसन कम भए स्थानीय सञ्चारमाध्यमलाई नदिई एजेन्सीमार्फत राष्ट्रिय मिडियामा महंगो शुल्कमा विज्ञापन दिँदा स्थानीय मिडिया मारमा...
३३ किलो सुन तस्करी र हत्या प्रकरण : गोरेसहित ६ जनालाई जन्मकैदको फैसला

३३ किलो सुन तस्करी र हत्या प्रकरण : गोरेसहित ६ जनालाई जन्मकैदको फैसला

विराटनगर । ३३ किलो सुन तस्करी र मोरङको उर्लाबारीका सनम शाक्यको हत्या प्रकरणमा जिल्ला अदालत मोरङले मंगलबार गोरे भनिने चुडामणी उप्रेतीसहित छ जनालाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश भरत लम्सालको इजलासले यस्तो फैसला गरेको हो । हत्यामा जन्मकैदको सजाय तोकिएकामा गोरेसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारी छन् । सुन तस्करीका भरिया सनम शाक्यको हत्यामा सं...
संखुवासभाबाट लागुऔषधसहित तीन जना पक्राउ

संखुवासभाबाट लागुऔषधसहित तीन जना पक्राउ

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खाँदबारी–३ का राजेशभगत श्रेष्ठ, रमेश बुढाथोकी र खाँदबारी–४ का रवी गुरुङ छन् । श्रेष्ठको साथबाट एक ग्राम १० मिलिग्राम ब्राउन सुगर, बुढाथोकीको साथबाट एक ग्राम ६५ मिलिग्राम अफिम र गुरुङको साथबाट ९४० मिलिग्राम अफिम फेला परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । पक्राउ परेकामाथि...
चालक अनुमति पत्रमा संघ र प्रदेशको छुट्टा-छुट्टै नियम

चालक अनुमति पत्रमा संघ र प्रदेशको छुट्टा-छुट्टै नियम

काठमाडौं । यातायात व्यवस्था विभागले केही समय पहिले प्रयोगात्मक परीक्षामा ७० प्रतिशत ल्याउनेलाई उत्तीर्ण गरिने गरी परीक्षासम्बन्धी कार्याविधि जारी गरेको थियो । प्रदेश कार्यालयले भने सतप्रतिशत नै ल्याउनेलाई मात्रै सो परीक्षामा उत्तीर्ण गराइरहेको छ । सङ्घीय ऐनमा पाँचपाँच वर्षमा चालक अनुमतिपत्र नवीकरणको व्यवस्था छ । वाग्मती प्रदेश सरकारले बनाएको ऐनमा भने १०/१० वर्षमा नवीकरण गर्ने व्यवस्था छ । यसैगर...
माओवादी केन्द्रले जीवन आचार्यलाई दियो प्रदेश १ को ‘सुरक्षा जिम्मा’

माओवादी केन्द्रले जीवन आचार्यलाई दियो प्रदेश १ को ‘सुरक्षा जिम्मा’

विराटनगर । नेकपा माओवादी केन्द्रले प्रदेश १ को राष्ट्रिय सुरक्षा विभाग प्रमुखको जिम्मा युवा नेता जीवन आचार्यलाई दिएको छ । प्रदेशको शान्ति सुरक्षा, चोरी, तस्करी तथा अपराधजन्य घटनामा राज्यका सुरक्षा संयन्त्रसँगको सहकार्यमा राजनीतिक पहल लिने उक्त विभागको मुख्य काम हो । माओवादी केन्द्र प्रदेश १ समितिको असोज १३ गते बसेको बैठकले आचार्यलाई सुरक्षाको जिम्मा दिएको हो । सुरक्षाको जिम्मा पाएसँगै आफूले प्र...
२०७८ असोज १९ गते मंगलवारको राशिफल

२०७८ असोज १९ गते मंगलवारको राशिफल

ई.सं.२०२१ अक्टोबर ५ नेपाल सम्बत ११४१ ञंलागा असोज कृष्ण चतुर्दशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, शरद ऋतु, असोज कृष्ण चतुर्दशी तिथी, चन्द्रमा सिंह राशिमा, उत्तर फाल्गुनी नक्षत्र, शुक्ल योग, विष्टि वा भद्रा करण । नेपालमा सूर्योदय बिहान ५ः५८ बजे, सूर्यास्त साँझ ५ः४५ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सख्खर वा गुँण खाएर जुनसकै दिश...
एमाले प्रवेश गरेको प्रचार गरिएका शिक्षकले भने ‘म माओवादीमै छु, आफ्नै साथीले झुटो प्रचार गरे’

एमाले प्रवेश गरेको प्रचार गरिएका शिक्षकले भने ‘म माओवादीमै छु, आफ्नै साथीले झुटो प्रचार गरे’

कानेपोखरी । मोरङको कानेपोखरी–४ का एक शिक्षकले आफूलाई एमाले प्रवेश गरेको भनेर झुटो प्रचार गरिएको बताएका छन् । शिक्षक धनन्जय फुयालले आफूलाई झुक्याएर आफ्नै संगठनका साथीहरुबाट एमाले निकट शिक्षक संगठनमा प्रवेश गराएको र सो विषयमा आफ्नो असहमति रहेको बताएका हुन् । आज एक प्रेस विज्ञप्ति जारी गर्दै उनले आफू माओवादी निकटको एकीकृत अखिल नेपाल शिक्षक संगठनमै रहेको र माओवादीमै गोलबद्ध हुन सबै शिक्षकलाई आव्हान...
नोबेलमा तीन अस्पतालका डाक्टर, नर्स र पारामेडिकल कर्मचारीलाई दिइयो प्रशिक्षक बनाउँने तालिम

नोबेलमा तीन अस्पतालका डाक्टर, नर्स र पारामेडिकल कर्मचारीलाई दिइयो प्रशिक्षक बनाउँने तालिम

विराटनगर। विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा पूर्वका तीन वटा अस्पतालका डाक्टर, नर्स र पारामेडिकल कर्मचारीहरुलाई प्रशिक्षक बनाउँने तालिम दिइएको छ । नोबेल अस्पतालको व्यवस्थापनमा धनकुटास्थित स्वास्थ्य तालिम केन्द्रले स्वास्थ्यसँग सम्बन्धित सीपमा आधारित तालिम प्रदान गर्ने प्रशिक्षक उत्पादनका लागि पाँच दिने तालिम सञ्चालन गरेको हो । नोबेल अस्पतालको हलमा गत बुधबारदेखि सुरु भएको सीटीएस तालिम आइतवार स...
निर्माणाधिन घरबाट लडेर प्लम्बरको

निर्माणाधिन घरबाट लडेर प्लम्बरको

झापा । झापामा निर्माणाधिन घरबाट लडेर आज एक प्लम्बरको मृत्यु भएको छ । मृत्यु हुँनेमा कनकाई नगरपालिका–३ का ६५ बर्षीय रुद्र अधिकारी छन् । बिहान करिव ११ बजे काम गर्ने क्रममा कनकाई–४ त्रिवेणीटोलस्थित २ तले निर्माणधिन घरबाट खस्दा अधिकारी गंभीर घाइते भएका थिए । उपचारका लागि बिर्तामोडस्थित वी एण्ड सी अस्पताल पुर्याउने बित्तिकै उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
जापानले दियो नेपाललाई ६ वटा एम्बुलेन्स

जापानले दियो नेपाललाई ६ वटा एम्बुलेन्स

काठमाडौं । नेपाललाई जापान सरकारले ६ एम्बुलेन्स प्रदान गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई नेपालस्थित जापानका राजदूत किकुता युताकाले एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । राज्यमन्त्री श्रेष्ठले जापान सरकारले स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएकामा धन्यवाद दिए । उनले कोभिड–१९ को रोकथाम र नियन्त्रण पनि जापान सरकारले सहयोग गरेकामा प्रशंसा व्यक्त गरे...
error: Content is protected !!